
केपी कुमार जलन/ बागलुङ
हुने बिरुवाको चिल्लो पात भने जस्तै सानै उमेर देखी गित संगित भन्दा हूरुक्क हुने बागलुङको तित्याङ्का प्रेम थापा पछिल्लो समयमा निर्देशकमा समेत जमिरहेका छन ।
दर्जनौ गितहरुको निर्देशकको भुमिका निर्वाह गरी सकेका थापाले पछिल्लो समयमा काठमाण्डौमा रहि संघर्ष गरिरहेका छन निर्देशक मात्र नभई मोडल,डान्स शिक्षक हुँदै अहिले एक सफल निर्देशक बनेका छन ।
पछिल्लो समयमा निर्देशकमा व्यस्त थापाले नया वर्षको शुभ आगमन संगै आफ्नै जन्मभुमी बागलुङको रमरणिय स्थलहरुमा हुने बाग्लुङ भकुन्डेको रमणीय दृश्य काहाँ गयौ यो दिल तोडेर र रानिबन मा हावा चलेको र सर्जक नरेश वोहोराको जन्मे हर्कै रायडाडा बोलको पंचे बाजा गित र चर्चित गायक हेमन्त खड्काको पंचे वाजा गितहरुको समेत निर्देशकको भुमिका गर्न पाउदा र आफ्नो जन्मस्थल मा काम गर्न पाउदाको मज्जा बेग्लै हुने निर्देशक थापाले बताउनु भयो ।









