
छोराछोरीलाई चुँइकिने जुत्ता लिएर आयौ!
आमा तिमीले किन खाली खुट्टा लिएर आयौ!
भगवानले पनि पहिला आफूले नैवेध खान्छ,
तिमीले मेलाको खाजा पनि पूरा लिएर आयौ!
बा रिसाए हातमा ठूलो लौरो लिएर आए,
आमा तिमी रिसायौ थाल,बटुका लिएर आयौ!
लोभ राखेर आए कोही स्वार्थ लिएर आए,
तिमी आयौ त केवल चोखो माया लिएर आयौ!
म कहिल्यै आउन सकिन आमा तिम्रो दु:खमा,
मेरो दु:खमा तिमी सधैं सान्त्वना लिएर आयौ!
प्रदिप रोदन
गोरखा