पाठ्य पुस्तक तथा शैक्षिक सामग्री वितरण

बागलुङ, १२ बैशाख
बाल मन्दिर आधरभुत विद्यालय बागलुङमा पाठ्य पुस्तक तथा शैक्षिक सामग्री वितरण गरिएको छ ।
नेपाल सरकार तथा करुण शेरचन काठमाण्डौँको सहयोगमा बालमन्दिरमा अध्ययनरत कक्षा १ देखि ८ सम्मका १ सय ६ जना विद्यार्थीहरुलाई पाठ्य पुस्तक तथा शैक्षिक सामग्री वितरण गरिएको हो ।
करुण शेरचन काठमाण्डौले २०१५ देखि शैक्षिक सामग्री वितरण गदै आएको र २०१८ सम्म वितरण गर्ने बालमन्दिर आधारभुत विद्यालयका प्रधानध्यापक मिठु पौडेलले जानकारी दिनुभयो ।
कार्यक्रममा जिल्ला शिक्षा अधिकारी विष्णु प्रसाद मिश्रले सरकारले सबैभन्दा बढि लगानी शिक्षा क्षेत्रमा गरेकाले विद्यार्थीको शैक्षिक स्तर वृद्धि गर्न, वालवालिकाको ज्ञान, सिपको विकास साथै सकरात्मक भावनाको विकास गर्न यस्ता कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो ।
विद्याथी शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि शिक्षक, अभिभावकको महत्वपुर्ण भुमिका हुनेभएकाले सन्दर्भ सामग्री प्रयोग गरि विद्यार्थीहरु हरेक क्रियाकलापको रेखदेख गर्नुपर्नेमा जोडदिनुभयो ।
कार्यक्रममा करुण शेरचन काठमाण्डौँ कम्युनिकेशनका डाइरेक्टर शलध राणा, बालमन्दिर आधारभुत विद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष रघुलाल पाण्डेय लगायतले बोल्नुभएको थियो ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवास आचार्यको अध्यक्षता, प्रधानध्यापक मिठु पौडेलको स्वागत र शिक्षक उमाकान्त शर्माको संचालनमा सम्पन्न भएको थियो ।