गाईघाट झरनामा पर्यटक बढे

बागलुङ, १२ बैशाख
ताराखोलामा रहेको गाईघाट झरना हेर्ने आन्तरिक तथा बाह्यि पर्यटनहरु बढ्दै गएका छन् ।
घुम्टे पर्यटन बोर्डको पहलमा ३ वर्ष पहिले देखि निरन्तर पहलमा १७ लाख लगानी गरि विभिन्न संरचना तयार गरि सुन्दरता भर्दै गएको छ ।
पहिलो बर्ष ५ लाख लागतमा वाल तयार गरि पोखरी तयार गरेको दोस्रो बर्ष गुफाको पहिचान गरि गुफा पुग्ने रेलिङ भ्रयाङ तयार गरि मुर्ति निर्माण गरेको छ । यो आर्थिक बर्षमा सितल पार्टी र शौचालय तयार गरेको छ । गल्कोट हतिया देखि हरिचौर हुदै ताराखोला गाउँपालिका प्रवेश गर्ने क्रममा पहिलो स्वागत ताराखोला गाउँ पालिका १ अमरभुमिमा पर्ने झरनाको सुन्दर शान्त मनोरम प्राकृति छताले भरिपूर्ण छ ।
हरिचौरबाट ताराखोला जाडा दायाँ तर्फ र आउदा बायाँ तर्फपर्ने झरना पैदल र गाडिमा सवार हुदा सहजै देख्न सकिन्छ । यात्रामै सहज तरिकाले देखिपनि सबैको मन झरनाले मोहित बनाउने भएकोले प्राय यात्रुहरु र आसपारमा आएका आफन्त विभिन्न कार्यक्रमका यात्रिहरुले झरना अवलोकल गर्ने गरेको अमर घर्तीले बताउनुभयो ।
घुम्ने पर्यटन विकास बोर्डले विभिन्न योजना मघ्ये झरनाको फेडको पोखरिमा शिव लिङ्ग राख्ने, पानिको कृतिम फाहोरा राख्ने विभिन्न कम्पाउन र तयार गर्ने लब्लि पार्क तयार गर्ने उद्ेश्य रहेको हाल झरना रेखदेख गर्ने अमर बहादुर घर्तीले बताउनु भयो । उहाँका अनुसार गत पौस महिना देखि चैतदेखि ३ महिनामा ३० हजार संकलन भएको बताउनु भयो ।
आगन्तु प्रर्यटकहरुले झरनामा पुगि गुफामा पुग्न ५ देखि २० सम्मको रकम अनिवार्य टिकट लिनुपर्ने छ । जसले झरनाको विकासमा टेवा पुर्याउने लक्षका रकम राखिएको पर्यटन बोर्डले बताएको छ । बर्षामा पानी बढेर झरना सुन्दर हुने तर झरना
सम्म पुग्ने झोलुङगे पुलको भईसिट जिर्ण भएकोले पनि पर्यटनकम जाने गरेको पाईन्छ । झरनाका पुग्ने झोलुङगे पुलको निर्माणमा सम्बन्धि सरोकारवालाको ध्यान पुग्न जरुरि देखिन्छ ।