
बागलुङ, १२ बैशाख
नयाँ शक्ति पार्टी नेपाल जैमिनी नगर परिषद बैठक ले बैशाख ३१ हुने स्थानीय तह निर्वाचन मा जैमिनी न. पा. मा नयाँ शक्ति पार्टी नेपाल ४ नं प्रदेश परिषद सदस्य प्रकाश बहादुर क्षेत्री (प्रकाश के.सी.) मेयर र जिल्ला समन्वय परिषद कार्यकारी सदस्य रेवति थापा लाई उप( मेयर को निर्णय गरि जिल्ला समन्वय परिषदमा शिफारिस गरेको छ ।
त्यस्तै जैमिनी न. पा. वार्ड नं १ कुश्मीसेरा को वार्ड अध्यक्ष मा ४ नं प्रदेश परिषद सदस्य खेमराज पौडेल (आकाश) र सदस्य मा ओलियोदिन मियाको उम्मेदवारी तय गरेको छ ।
न. पा.को सबै वडा को बैठकले बैशाख १५ गतेसम्म उम्मेदवार निश्चित गर्ने निर्णय गेको छ। बैठक नगर परिषद संयोजक युनिष मिया अध्यक्षता जिल्ला समन्वय परिषद संयोजक चित्र सापकोटा संघिय परिषद सदस्य तथा जैमिनी न.पा. उत्प्रेरक कृष्ण सापकोटा को विशेष उपस्थिति एवं प्रशिक्षणात्मक मन्तव्यमा बैठक कुश्मिसेरा बजारमा सम्पन्न भएको थियो ।









