एमाले चुनावी कार्यक्रम बरेङ्ग गाउँपालिका ४ सल्यान

बागलुङ, १० बैशाख
नेकपा एमाले बागलुङको चुनावी अभियान अन्तर्गत आज बरेङ्ग गाउँपालिका–४ सल्यानमा चुनावी भेला सम्पन्न भएको छ ।
भेलामा बोल्दै नेकपा एमालेका युवा नेता डा. सूर्य पाठकले राष्ट्रिय स्वाधिनताको रक्षा, संविधानको कार्यान्वय र आर्थिक समवृद्धिको लागि स्थानीय निर्वाचनमा नेकपा एमालेलाई विजयी गराउनुपर्ने बताउनुभएको थियो ।
कार्यक्रममा दुर्गा थापा, लिला पौडेल, पूर्ण खनाल, भविश्वर पौडेल लगायतले बोल्नुभएको थियो ।
कार्यक्रम वडा अध्यक्ष नरबहादुर खत्रीको अध्यक्षता, हरि पौडेलको स्वागत र गणेश खत्रीको संचालनमा सम्पन्न भएको थियो ।