बागलुङ, १० बैशाख
नेकपा एमाले बागलुङले आगामी स्थानिय तहको निर्वाचनका लागि बडिगाड गाउँपालिकाबाट उम्मेद्वार सर्बसम्मत चयन गरेको छ ।
गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित वडा अध्यक्ष र सदस्यको पनि नाम टुङ्ग्याईएको हो । गाउँपालिका स्तरिय कमिटिको बैठकले सर्बसम्मत उम्मेद्वार चयन गरेको क्षेत्रीय सदस्य दिनेश शर्माले जानकारी दिनुभयो ।
गाउँपालिका अध्यक्षमा मेयरसिंह पाईजा र उपाध्यक्षमा उषा घिमिरेलाई चयन गरिएको हो । यसअघि गाउँपालिका अध्यक्षमा ३ जना र उपाध्यक्षमा ६ जनाको दाबी रहेको थियो । छलफलपछि सर्बसम्मत गरेर १÷१ जनाको नाम जिल्लामा सिफारिस गर्ने निर्णय भएको शर्माको भनाई छ ।
बैठकले वडा १ को अध्यक्षमा बिना थापा, २ को अध्यक्षमा विष्ष्णु भुषाल र ३ को अध्यक्षमा खडकबहादुर पुनलाई सर्बसम्मत गरेको छ ।
त्यस्तै वडा ४ मा प्रेम गलामी, ५ मा कमलराज आचार्य, ६ मा भने मनकुमारी श्रेष्ठ र फौजबहादुर केसी गरि वडा अध्यक्षमा दुई जनाको नाम जिल्लामा सिफारिस गर्ने बैठकले निर्णय गरेको छ ।









