
मनको सहर भित्र खुब चर्चित छ यो जिन्दगी!
जे-जे छ मनमै छ बस!हर्षित छ यो जिन्दगी!
“सागर न हो जिन्दगी जहरै जहर भित्रको”
त्यही प्यूँन जान्यो भने अमृत छ यो जिन्दगी!
के राख्नु खै! चाहना एकदिन मरी जानु छ
जस्तो मिल्यो हर्षले मुर्छित छ यो जिन्दगी!
फिक्का छ यो के भनूँ व्यर्थै अनेक चाहले
सन्तुष्टिको दृष्टिमा रोहित छ यो जिन्दगी!
आजाद पंक्षी न हूँ पढ्छौँ भने चेहरा
अज्ञात पथमा सधैं आजित छ यो जिन्दगी!









