जनसेवा बालविकास केन्द्रका बालबालिकालाई विदाई

बागलुङ, ८ बैशाख
जनसेवा बालविकास केन्द्र रामरेखा बागलुङमा रहेको बालबालिकालाई आज विदाई गरिएको छ ।
नयाँ शैक्षिक सत्रको सुरुवात भएसँगै विद्यालय भर्ना हुने उमेर समूहका बालबालिकालाई विदाई गरिएको हो । कार्यक्रममा अध्यक्ष दुर्गा आचार्य, संरक्षक दुर्गादक्त आचार्य, रामरेखा निमाविका शिक्षक विष्णु पौडेल लगायतले बोल्नुभएको थियो ।
कार्यक्रम महेन्द्रको आचार्यको अध्यक्षता र सहजकर्ता पूर्णकला शर्माले गर्नुभएको थियो ।