
मगर प्रेम
हो हुने गर्छु अर्धपागल तिम्रो सम्झनामा
हरेक क्षण , हरेक पल तिम्रो सम्झनामा
तिम्रा केही यादहरुको खुद्रा ब्यापार गर्न
राखेको छु सानो पसल तिम्रो सम्झनामा
बिछोडिएको यो मनमुटुमा आगो लाग्दा
भेटिएन कतै दमकल तिम्रो सम्झनामा
अतितको कल्पनामा गुज्रिएर सधैं सधैं
कति कोरौ गीत गजल तिम्रो सम्झनामा
आउ प्रिय आजै गरौ जिन्दगीको फैसला
गरौ अन्तिम , छलफल तिम्रो सम्झनामा
बागलुङ









