
बागलुङ, २९ चैत्र
नेकपा एमालेकाठेखोला गाउँपालिका वडा नम्बर २ (भीमापाखरा)ले आगमी स्थानीय तहको निर्वाचनमा विद्यापति शर्मालाई अध्यक्षको उमेदवार बनाउने निर्णय गरेको छ ।
वडा कमिटीको मंगलबार सम्पन्न विस्तारित भेलाले शर्मालाई सर्वसम्मत रुपमा अध्यक्षको उमेदवार घोषण गरेको हो । साविकको भीमापोखरा ९ निवासी शर्मा लामो समयदेखि शिक्षा तथा सामाजिक सेवामा क्रियाशिल रहनुभएको थियो ।
भेलाले वडा सदस्यको लागि गिता किसान, चिरन थापा, कुमारी विक, यामबहादुर थापा, शसिधर शर्मा, राजु गौतम, लक्ष्मी हमाल, उमा केसीको नाम सिफारिस गरेको छ । भेलाले काठेखोला गाउँपालिकाको लागि अमर थापा, हरिनारायण गौतम, टिकाराम सापकोटा, डिल्लीराज गौतम र गंगा शर्माको नाम सिफारिस गरेको छ ।

कार्यक्रममा बोल्दै नेकपा एमाले काठेखोला गाउँपालिका संगठन कमिटीका संयोजक डिल्लीराज गौतमले स्थानीय तहको सम्वृद्धि र विकासको लागि नेकपा एमाललेलाई विजयी गराउनुपर्ने बताउनुभएको थियो ।
कार्यक्रममा नेकपा एमाले पूर्वप्रचार विभाग सदस्य हरिनारायण गौतम, जिल्ला कमिटी सदस्य अमर थापा, दिपक गौतम, गंगा शर्मा, विद्यापति शर्मा उमादेवी केसी लगायतले बोल्नुभएको थियो ।
कार्यक्रम वडा कमिटी अध्यक्ष रामप्रसाद शर्माको अध्यक्षता, सविना गौतमको स्वागत र नारायणदक्त रेग्मीको सचालनमा सम्पन्न भएको थियो । सोही अवसरमा वडा कमिटीको सम्पर्क कार्यालय तत्कालिन भीमापोखरा ४ सिरसिरेमा स्थापना गरिएको थियो ।









