नेकपा माओवादी केन्द्र काँठेखोला गाउँपालिका–१ को भेला

बागलुङ, ९ चैत्र
नेकपा माओवादी केन्द्र काठेखोला गाउँपालिका वडा नम्बर–१ पालाको भेला सम्पन्न भएको छ ।
भेलाले टिकाबहादुर थापाको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा धनबहादुर थापा, कोषाध्यक्षमा जुना थापा, सचिवमा प्रेम किसान र सहसचिवमा निर्मल गौचन रहनुभएको छ ।
भेलामा बोल्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य कृष्णबहादुर केसीले आगमी स्थानीय तहको निर्वाचनमा बाम एकता गरी निर्वाचनमा जानुपर्ने बताउनुभएको थियो । नेपाली नेपाली काग्रेसल जुटको राजनीति गरेको आरोप लगाउँदै केसीले जिल्ला व्यापीरुपमा बामपन्थी एकता आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा पाला गाउँकमिटीका पूर्वसेक्रेटरी जगबहादुर राना, हरि राना, वाईसिएलका महेन्द्र लामिछाने, लिलाबहादुर सुनार, प्रेम किसान लगायतले बोल्नुभएको थियो । कार्यक्रम टिका बहादुर थापाको अध्यक्षता, लक्ष्मी खडकाको स्वागत र कृष्ण थापाको संचालनमा सम्पन्न भएको थियो ।