कस्तो होला काँठेखोलाका निर्वाचन समिकरण ? अध्यक्षका दाबेबार को को ?

बागलुङ, १० चैत्र
करिब २० वर्ष पछि आगमी बैशाख ३१ हुन लागेको स्थानीय तहको निर्वाचनले बागलुङ जिल्लाको सहरदेखि गाउँगाउँ र टोलटोलमा चर्चा र बहस हुन थालेको छ ।
करिब २० वर्ष पछि स्थानीय तहमा आफ्ना प्रतिनिधि छान्न पाउने भए पछि सर्वसाधारणले पनि निर्वाचनको विषयलाई गम्भिर र उत्सुत्कका साथ लिएका छन ।
बागलुङको जिल्ला राजनीतिमा लामो समयदेखि निर्णयक उपस्थिती जनाई राख्ने काठेखोला गाउँपालिकाको निर्वाचनलाई सर्वसाधारणदेखि विभिन्न राजनीतिक दलका नेताहरुले चासोका साथ लिने गरेको पाईन्छ ।
काठेखोला गाउँपालिका अन्र्तरगत रहेका विभिन्न राजनीतिक दलमा आबद्ध व्यक्तिहरुले नेपाली काग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाको जिल्ला राजनीतिमा नेतृत्वदायि भूमिकामा रहेर पार्टी सचालन गरी रहेको छन । जिल्लाको राजनीतिमा निर्णय उपस्थिती जनाउने काठेखोलाका राजनीतिक नेतृत्वबीचको निर्वाचन रोचक हुने आंकलन गरिएको छ ।
काठेखोला गाउँपालिकाको अध्यक्षमा कुन पार्टीबाट कसले अध्यक्षको टिकट पाउलान भन्ने विषय गाउँको टोलटोलमा बसह र आंकल हुन थालेको छ । पछिल्लो पटक नेपाली काग्रेसको तर्फबाट होमबहादुर हमाल, शिवप्रसाद कँडेल, परमानन्द कँडेलको चर्चा रहेको छ ।
नेकपा एमालेको तर्फबाट अध्यक्षको लागि अमर थापा, डिलबहादुर कार्की, हरिनारायण गौतमको चर्चा रहेको छ । काठेखोला गाउँपालिकामा एमालको तर्फबाट विगतको संविधानसभा निर्वाचन–२०७० का उमेदवार बन्नु भएका हिराबहादुर केसीको नाम पनि एमाले वृत्तमा छलफलको विषय बनेको छ ।
त्यस्तै, नेकपा माओवादी केन्द्रको तर्फबाट टिका थापा, लक्ष्मी खडका र लिला सुनारको चर्चाको रहेको पाईन्छ । उता, राष्ट्रिय जनमोर्चाका तर्फबाट लक्ष्मण पुन, कमला थापा अर्जुन खत्रीको चर्चा रहेको छ ।