अनेरास्ववियु बागलुङको बैठक सम्पन्न

शिव शर्मा
बागलुङ,९ चैत्र
नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको बैठक बागलुङमा सम्पन्न गरेको  छ ।
बैठकले आगामी दिनमा अनेरास्ववियु लाई जिल्लाको पहिलो शक्ति बनाउनको लागि सबै विद्यालय तथा शैक्षिकक्षेत्रमा आफ्नो संगठन बिस्तार अभियानलाई तिब्र रूपमा अगाडि बढाउने र रचनात्मक क्रियाकलापको माध्यम बाट समाजमा सकारात्मक परिवर्तन ल्याउन संगठन सदैब लागिरहने लगायत निर्णय गरेको छ ।
बैठकलाई सम्बोधन गर्दै नेकपा एमाले बागलुङका अध्यक्ष सापकोटाले आगामी बैशाख ३१ मा हुन गहिरहेको स्थानीय तहको निर्वाचनमा अनेरास्ववियुको भुमिकाका बारेमा प्रष्ट पार्नु भएको थियो ।
बैठकमा नेकपा एमाले बाग्लुङका सचिव लालबहादुर थापा, पार्टी विद्यार्थी इन्चार्ज पुनम प्रसाद शर्मा र निजामती कर्मचारी संगठनका जिल्ला सचिव श्याम थापा लगायतले मन्तव्य राख्नुभएको थियो ।
बैठक अनेरास्ववियु जिल्ला सम्मेलन आयोजक कमिटिका समयोजक शेखर खडकाको अध्यक्षता र सचिब शिव शर्माको संचालनमा सम्पन्न भएको थियो ।