५२ औँ अन्तराष्ट्रिय जातिभेद तथा रंगभेद उन्मुलन दिवस मनाइयो

बागलुङ, ८ चैत
५२ औँ अन्र्तराष्ट्रिय जातिभेद तथा रंगभेद उन्मुलन दिवस बागलुङमा पनि अन्र्तक्रिया कार्यक्रम गरि मनाइएको छ ।
हरेक बर्ष २१ मार्चमा मनाइने दिवसको अवसरमा मंगलबार नेपाल उत्पिडित जातिय मुक्ति समाजले बागलुङमा आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले बिभेद अन्त्यका लागि सामुहिक पहल र प्रयत्न आवश्यक भएकोमा जोड दिएका थिए ।
जातिय भेदभाव अन्त्य नभई पछिल्लो समय यसको प्रवृत्तिमा परिवर्तन आएकाले दलित तथा गैर दलित समुदाय सबै मिलेर सामुहिक रुपमा अभियानमा सहभागी हुनुपर्ने वत्ताहरुको भनाई थियो ।
कार्यक्रममा नेपाल उत्पिडित जातिय मुक्ति समाजका केन्द्रिय सदस्य तथा धौलागिरि इन्चार्ज गोविन्द नेपालीले संविधानमा सम्पुर्ण दलित, जनजाती, महिला, पिछडिएको वर्ग लगायत सम्पुर्णको हक अधिकार सुनिश्चित भएको दाबी गर्दै यसको कार्यान्वयन तर्फ लाग्नुपर्ने बताउनुभयो । समाजमा शिक्षित र सचेत भनिएका व्यक्तिहरुले भाषण र कुुरामा परिवर्तन र समानताका कुरा धेरै गरे पनि व्यवहारिक रुपमा अझै पनि समस्या देखिने गरेकाले यसमा रुपान्तरण जरुरी भएको उहाँको भनाई थियो ।

17309079_1459187950792889_6276710112851248782_nकार्यक्रममा नेकपा एमालेका प्रदेश कमिटि सदस्य जनक पौडेल, केन्द्रिय उर्जा विभाग सदस्य हिरा केसी, नेकपा एमालेका उपाध्यक्ष कृष्ण पाठक, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल श्रीष, नेपाल दलित संघका उपाध्यक्ष रणबहादुर बोहोरा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम समाजका संयोजक धनबहादुर परियारको अध्यक्षता, उपसंयोजक मनोजकुमार विकको स्वागत मन्तव्य र सचिव नविन शिशिरको सञ्चालनमा सम्पन्न भएको थियो ।