जनमोर्चाले निर्वाचन केन्द्रित प्रचार अभियान संचालन गर्ने

बागलुङ, ८ चैत
राष्ट्रिय जनमोर्चा बागलुङले आगामि बैसाख ३१ गतेको स्थानिय तहको निर्वाचनका लागि निर्वाचन केन्द्रित प्रचार अभियान संचालन गर्ने भएको छ ।
राष्ट्रिय जनमोर्चा बागलुङको सम्पन्न दुई दिन आठौ जिल्ला बैठकले प्रजातान्त्रिक बिकेन्द्रियता, संविधाको कार्यान्वय र स्थानिय बिकासका लागि स्थानिय निर्वाचन भन्ने नाराका साथ निर्वाचन केन्द्रित प्रचार अभियान संचालन गर्ने निर्णय गरेको हो ।
बैठकले चैत २८ गते बागलुङमा पत्रकार सम्मेलनको आयोजना समेत गरि सांसद मिना पुनको नेतृत्वमा जिल्लाका १० ठाउँमा क्षत्रीय स्तरको सहित जिल्ला व्यापी रुपमा अयियान संचालन गर्ने निर्णय गरेको जनमोर्चाका जिल्ला सचिव धर्मबहादुर कुँवरले जानकारी दिनुभयो ।
जिल्ला अध्यक्ष अमरबहादुर थापाको अध्यक्षता र केन्द्रिय सदस्य राजेन्द्र ढुङ्गानाको बिषेश उपस्थितीमा बसेको बैठकले अहिले कायम रहेका एरीया तथा अन्य संरचना बदलेर नयाँ स्थानिय तह, गाउपालिका र नगरपालिका स्तरीय न्युक्लियस परिचालन समिति गठन गर्ने निर्णय गरेको छ ।
बैठकले नयाँ संरचना अनुसार बागलुङ नगरपालिकामा लक्ष्मी बाँस्कोटा, जैमुनी नगरपालिकामा कृष्ण थापा,ढोरपाटन नगरपालिकामा गौरिश्वर पाण्डे, गल्कोट नगरपालिकामा बेदीलाल सापकोटालाई संयोजकको जिम्मेवारी दिएको छ ।
त्यसैगरि बैठकले बरेङ गाँउपालिकामा हिरा थापा, काठेखोला गाँउपालिकामा अर्जुन खत्री, ताराखोला गाँउपालिकामा तिर्थसिंह थापा, बढीघाट गाँउपालिकामा मेकबहादुर पाइजा, निसिखोला गाँउपालिकामा खिमबिक्रम शाही र तमानखोला गाँउपालिकामा नरबहादुर बुढालाई संयोजकको जिम्मेवारी दिएको छ ।
बैठकले सवै स्थानिय तहमा उमेदवार सिफारिस गर्नका लागि भेला तथा छलफल गरि ३ जना प्रमुख र ३ जना उपप्रमुखको नाम केन्द्रमा पठाउने निर्णय गरेको कुवँरले बताउनुभयो ।
त्यसैगरि वडा स्तरको लागि पनि पार्टीको भेलाले सिफारिस गरि पठाउने निर्णय भएको छ । बैठकले निर्वाचनमा कार्यगत एकताका लागि बामपन्थी एकतालाई प्राथमिकता दिने र आवश्यकता अनुसार अन्य दलहरुसंग पनि सहकार्य गर्न सकिने तर मदेशबादी, जातिवादी, राप्रपा, नयाँ शक्ति र संविधान बिरोधीहरुसंग भने सहकार्य नगर्ने निर्णय गरेको छ ।