गाउँ विकासमा जुट्दै युवाहरु

बागलुङ, ८ चैत
रोजगारिको शिलशिलामा जापान पुगेका गलकोटका युवाहरु गाउँको बिकास निर्माणमा अग्रसर बनेका छन ।
रोजगारी र अध्ययनको शिलशिलामा जापान पुगेका गलकोट नगरपालिका वडा नम्बर ४ चमुवाका युवाहरु गउको बिकासमा लागेका हुन । पसिना र परिश्रमको कमाईबाट युवाहरुले बिदेशको आम्दानीको केहि हिस्सा गाउको बिकासमा खर्च गर्न तत्पर बनेका छन ।
चमुवा देखि पर्यटकिय निलुवा उपत्यका सम्म मोटरबाटो पु¥याउनका लागी उनीहरुले ३ लाख रुपैयाँ सहयोग गरेका हुन । निलुवा समाज जापानमा आवद्ध युवाहरुले संकलन गरेको उक्त रकम उपभोक्ता समितिलाई पठाईसकेको समितिका कोषाध्यक्ष बिकास सुवेदीले बताउनुभयो ।
आफनो मातृभुमिको बिकासमा प्रवासमा रहेपनि केहि योगदान गनुपर्छ भन्ने मान्यताका साथ उक्त रकम संकलन गरेको समाजका सदस्य मोहन सुवेदीले जानकारी दिनुभएको छ । निलुवालाई पर्यटकिय क्षेत्रको रुपमा बिकास गर्नका लागी स्थानिय स्तरमा समेत पहल अगाडि बढाईएको छ ।
पर्यटन बिकास कार्यालय पोखराको ५ लाख सहयोगमा पदमार्ग निर्माण कार्य अगाडि बढाईएको निलुवा पर्यटन प्रबन्धन केन्द्रका अध्यक्ष ओमकार सुवेदीले बताउनुभयो । स्वदेश तथा बिदेशबाट सहयोग आउन थालेपछि निलुवाको स्वरुप परिवर्तन हुने लेखा समिति सदस्य ईश्वर सुवेदीले बताउनुभयो । जापानबाट प्रात्त भएको सहयोग मोटरबाटो निर्माणका लागी खर्च गरिने सुवेदीले जानकारी दिनुभएको छ ।