
बागलुङ, ८ चैत
नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्य गोविन्द नेपालीले राष्ट्रयी स्वभिमान जोगाई राख्न र विकासको गतिलाई तीव्रता दिने स्थानीय तहदेखिनै नेकपा एमाले बलियो हुनुपर्ने बताउनुभएको छ ।
नेकपा एमाले बागलुङ नगरकमिटीले आयोजनामा भएको नगर स्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै वैकल्पिक केन्द्रीय सदस्य नेपालीले सरकारले कुनै पनि हालमा निर्वाचनको कार्यक्रमलाई प्रभावित गर्न नहुने बताउनुभएको थियो ।
कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटीका अध्यक्ष इन्द्रलाल सापकोटा, प्रदेश नम्बर ४ का सदस्य जनक पौडेल, जिल्ला कमिटी सचिव लालबहादुर थापा लगायतले बोल्नुभएको थियो ।
कार्यक्रम नेकपा एमाले बागलुङ कमिटी संगठनका संयोजक गोविन्दराज गौतमको अध्यक्षता, उपसंयोजक धनबहादुर परियारको स्वागत र गणेश थापाको संचालनमा सम्पन्न भएको थियो ।









