नेकपा एमाले बडिगार्ड गाउँपालिका वडा नम्बर ४ को भेला सम्पन्न

बागलुङ,०७ चैत्र
नेकपा एमाले बडीगाड गाउँपालिका–४ को प्रथम वडा भेला सोमवार सम्पन्न भएको छ ।
भेलाले जगिराम काउचाको अध्यक्षतामा २९ सदस्य वडा कमिटी गठन गरेको छ । कमिटीको सदस्यमा प्रेम श्रीस, सचिवमा भविन काउचा र उप–सचिवमा तिलक छन्त्याल रहनुभएको छ ।
कार्यक्रममा बोल्दै नेकपा एमाले जिल्ला कमिटी बागलुङका अध्यक्ष इन्द्रलाल सापकोटाले स्थानीय निकायको निर्वाचनको माहोल सिर्जना गर्दै एमालेको पक्षमा जनमत तयार गर्न पार्टी कार्यकर्तालाई निर्देशन दिनुभएको थियो ।
कार्यक्रममा नेकपा एमाले संघीय मामिला विभाग सदस्य शुनिल सेरचन, एमाले जिल्ला उपसचिव विष्णु भुसाल, जिल्ला कमिटी सदस्य तिर्थमणी भुषाल, मेहरसिंह पाईजा, ढालेन्द्र सेरचन, उमेर बुढा लगायतले बोल्नुभएको थियो ।
कार्यक्रम दानबहादुर पुनको अध्यक्षता, झपेन्द्र बुढाथोकीको स्वागत र भुपाल श्रीसको संचालनमा सम्पन्न भएको प्रचार विभाग प्रमुख धनबहादुर परियारले जानकारी दिनुभया