बागलुङ, ७ चैत
बागलुङ सदरमुकाम स्थित नेवा महिलाहरुको भेला आईतबार सम्पन्न भएको छ ।
भेलाले सोमना शाक्यको संयोजकत्वमा १५ सदस्य ‘नेवा मिसा दबु’ जिल्ला समिती गठन गरेको छ ।
समितिको सदस्यमा इन्दीरा श्रेष्ठ, शसीकिरण श्रेष्ठ, रेनुका रावत, अर्जना पालिखे, नारायणदेवी रावत, हिमाली बज्राचार्य, प्रणाश्वरी शाक्य, इन्द्रा श्रेष्ठ, दिव्यलक्ष्मी शाक्य, मनमाया श्रेष्ठ, रोशन शाक्य, चयनदेवी श्रेष्ठ, लक्ष्मी शाक्य र मेना शाक्य रहेको केन्द्रीय सदस्य रम्बा शाक्यले जानकारी दिनुभयो ।
समितिले नेवा महिलाहरुको आर्थिक, सामाजिक, राजनैतिक र धार्मिक उत्थानको लागि सशक्तिकरण तथा व्यवसायिक र सिपमुलक तालिम प्रदान तथा नेतृत्व विकासका गतिविधि संचालन गर्ने बताइएको छ ।









