बागलुङ, चैत्र–०६
नयाँ शक्ति विद्यार्थी युनियन आधार समिती धौलागिरी क्याम्पस बागलुङको प्रशिक्षणात्मक भेला र चियापान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै नयाँ शक्ति पार्टी नेपाल प्रदेश नम्वर ४ संयोजक बलावति शर्माले स्थानीय तहको निर्वाचनमा युवा, विद्यार्थीहरु भुमिका महत्वपुर्ण बताउनुभयो ।
कार्यक्रममा नयाँ शक्ति पार्टी नेपाल बागलुङ जिल्ला संयोजक चित्र सापकोटा , केन्द्रीय परिषद सदस्य कृष्ण सापकोटा, कुशल वुढामगर स्वतन्त्र विद्यार्थी युनियन धवलागिरी बहुमुखी इक्याम्पस सदस्य विवेक जिसी लगायतले बोल्नुभएको थियो ।
कार्यक्रम धौलागिरी आधार समिति सदस्य बिष्णु बिकको अध्यक्षता, सदस्य पुजा पुर्जाको स्वागत र केन्द्रिय सचिवालय सदस्य प्रकाश केसीको संचालनमा सम्पन्न भएको थियो ।









