
बागलुङ, ५ चैत
सामाजिक कार्यमा क्रियाशिल रोट्रयाक क्लव अफ बागलुङले संचालन गरेको रोट्रयाक सप्ताहको छैठौ दिन आज प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
बिभिन्न रचनात्मक तथा सिर्जनात्मक कार्यक्रमका साथ संचालन गरेको सप्ताहको छैठौ दिन रोट्रयाक क्लव र इन्ट्रयाकका पदाधिकारी तथा सदस्यहरुलाई नेतृत्व बिकास र उद्घोषण कला सम्वन्धी प्रशिक्षण दिइएको हो ।
रोट्रयाक क्लव र इन्ट्रयाकका पदाधिकारी तथा सदस्यहरु गरि ३० जनाको सहभागीता रहेको प्रशिक्षणमा नेतृत्व बिकास तथा रोटरी र रोट्रयाक सम्वन्धी रोट्रयाक क्लव अफ बागलुङका पूर्व अध्यक्ष दिपेन्द्र घिमिरे र उद्घोषण कला सम्वन्धी पत्रकार ताराप्रसाद शर्माले सहजीकरण गर्नु भएको थियो ।
स्वार्थ भन्दा माथि रहेर सेवा गरौ भन्ने नाराका साथ बिभिन्न कार्यक्रम हरु संचालन गर्दै आएको रोट्रयाक क्लव र इन्ट्रयाकका पदाधिकारी तथा सदस्यहरुको नेतृत्व बिकाससंगै बोल्ने कलाको बिकासका लागि तालिमको आयोजना गरिएको क्लवका अध्यक्ष सुवास केसीले जनाकारी दिनुभयो ।
कार्यक्रम क्लवका आगामी अध्यक्ष नविन पन्तको अध्यक्षता, उपाध्यक्ष बलबहादुर थापाको स्वागत र सदस्य ताराप्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो । गत सोमवारदेखि शुरु भएको सप्ताहव्यापी कार्यक्रम चैत ६ गते पुरस्कार बितरण सहित समापनको कार्यक्रम रहेको अध्यक्ष केसीले जानकारी दिनुभयो ।









