
बागलुङ, ५ चैत
संघीय माामिला तथा स्थानीय विकास मन्त्रालयले शुक्रबार चार सय ८१ गाउँपालिकामा कार्यकारी अधिकृतको नियुक्त गरेको छ ।
मन्त्रालयले घोषणा गरेको कार्यकारी अधिकृतहरुबाट बागलुङका ६ वटा गाउँपालिकाहरुमा पनि नयाँ कार्यकारी अधिकृतहरु जाने भएका छन् ।
मन्त्रालयले घोषणा गरेको कार्यकारी प्रमुखहरुमा बागलुङको काठेखोला गाउँपालिकामा सितादेवि न्यौपाने, निसी गाउँपालिकामा संजय अधिकारी, तमानखोला गाउँपालिकामा खिम बहादुर वि.क., बडिगार्ड गाउँपालिकामा विनोद कुमार कोइराला, बरेङ गाउँपालिकामा बैकुण्ठ पौडेल र तारा गाउँपालिकामा शान्ति पौडेललाई नियुक्ती गरेको छ ।
मन्त्रालयले नियुक्ती गरेका कार्यकारी प्रमुखहरुलाई शुक्रबारदेखि नै गाउँपालिकामा गएर काम गर्नको लागि निर्देशन दिएको छ ।
गत फागुन २७ गते स्थानीय तह कार्यान्वयनमा आएपछि जिल्ला समन्वय समितिले निसी गाउँपालिकामा दिपक शर्मा, बुत्र्तिवाङ्ग नगरपालिकामा चण्डीराज पौडेल, तमान गाउँपालिकामा कमल भुर्तेल, बडिगार्ड गाउँपालिकामा थमनबहादुर रेश्मी, गल्कोट नगरपालिकामा माधव शर्मा, बागलुङ नगरपालिकाको कार्यकारी अधिकृत रमेश ढकाल, काठेखोला गाउँपालिकामा चुर्णबहादुर कार्की, बरेङ्ग गाउँपालिकामा तमबहादुर खत्री र जैमुनी नगरपालिकामा चिरञ्जीवि शर्मालाई निमित्त प्रमुखको जिम्मेवारी प्रदान गरिएको थियो ।
बागलुङ नगरपालिका बाहेक अन्य नगरपालिका र गाउँपालिकामा सम्बन्धीत स्थानीय निकाय अन्तरगत कार्यरत गाविस सचिवहरु मध्ये जेष्ठताको आधारमा गाविस सचिवलाई निमित्त प्रमुखको जिम्मेवारी प्रदान गरिएको थियो ।
गत फागुन २७ गते स्थानीय तह कार्यान्वयनमा आएपछि निमित्त अधिकृतले काम गर्दै आएका थिए । निमित्तलाई आर्थिक निर्णय गर्ने अधिकार छैन ।









