अक्षते सुल्डाडाँ केन्द्र कायम राख्नुपर्ने माग राख्दै ज्ञापन पत्र

बिक्रम सुनार
बागलुङ, ३० फागुन
काठेखोला गाउँपालिकाको केन्द्र अक्षते सुल्डाडा कायम राख्नुपर्ने माग राख्दै स्थानीय राजनीतिक दलहरुले जिल्ला समन्वय समितिमा सोमबार ज्ञापन पत्र बुझाएका छन ।
पूर्व सहमति विपरित राजपत्रमा काठेखोला गाउँपालिका केन्द्रको विहुँ गाविसको कार्यालय तोके पछि स्थानीय राजनीतिक दलहरुले पूर्वसहमति कार्यान्वय गर्न माग गर्दै ज्ञापन पत्र बुझाएका छन ।
नेपाली काग्रेस महाधिवेशन प्रतिनिधि होमबहादुर हमाल, नेकपा एमाले जिल्ला सचिवालय सदस्य डिल्लीराज गौतम, नेकपा एमाले जिल्ला कमिटी सदस्य प्रेम लामिछाने, हुमा जिसी अन्जु, नेपाली काग्रेस भीमापोखरामा खिमानन्द कँडेल लगायतको टोलीले जिल्ला समन्वय समितिका प्रमुख रामप्रसाद आचार्यलाई ज्ञापन पत्र बुझाएका थिए ।
स्थानीय तह पुनसंरचना प्राविधिक सहयोग समितिले गतसाउन २१ गते काठेखोला गाउँपालिकाको केन्द्र भीमापोखराको अक्षते र विहुँको सुल्डाडाँमा राख्ने गरी प्रास्ताव गरेको थियो । तर फागुन २७ गते राजपत्रमा विहुँ गाविस कार्यालय केन्द्र रहने गरी सूचना प्रकाशित भएको छ ।
पाला र सिगानाको केही भाग, भीमापोखरा, धम्जा, तग्राम विहुँ, लेखानी गाविस मिलाएर काठेखोला गाउँपालिका निर्धारण गरिएको छ । विहुँ गाविसको कार्यालय केन्द्र तोक्दा स्थानीय जनतालाई अपाए पर्ने बताउँदै तत्काल निर्णय सच्याउन माग गरेको नेकपा एमाले जिल्ला लेखा समिति सदस्य खिमबहादुर कार्कीले बताउनुभयो । पूर्वसहमति अनुसार केन्द्र निर्धाण नभए चरणबद्ध आन्दोलनका कार्यक्रम घोषण गर्ने बताइएको छ ।
ज्ञापन पत्र बुझदै जिल्ला समन्वय समितिका प्रमुख रामप्रसाद आचार्यले तत्कालको लागि सुल्डाडाबाट कार्यालय संचालन गर्न आग्रह गरेको लेखा समिति सदस्य काकीले बताउनुभयो ।