
बागलुङ, २४ फागुन
बागलुङ नगरपालिका १० कुडुँलेमा मोटरसाईकल दुर्घटना हुँदा १ महिला गम्भीर घाईते भएकी छिन् ।
आज (मंगलबार) बिहान १०ः४० मा बागलुङ बजारदेखि कुडुँले जाँदै गरेको ध १ प ५२५५ नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा बा.न.पा.–२ श्रीनगर टोल बस्ने २१ वर्षकी अमृता कंडेल गम्भीर घाइते भएकी छिन्भने मोटरसाईकल चालक बा.न.पा–२ का प्रकाश कंडलले सामान्य घाईते भएका छन् ।
गम्भीर घाईते भएकी कंडेलको अनुहारमा चोट लागेको र धौलागिरी अञ्चल अस्पताल बागलुङमा सामान्य उपचारपछि पोखरा रिफर गरिएको जिल्ला जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक अनिल कुमार खड्काले जानकारी दिए । चालक प्रकाश कंडेल र मोटरसाईकल प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।









