
बागलुङ,२१ फागुन
प्रसिद्ध शक्तिपिठ कालिका भगवती मन्दिरमा फाल्गुण महिनाको तेस्रो साता जम्मा २ लाख ११ हजार २ सय १७ रुपैयां भेटी संकलन भएको छ ।
संकलित बिवरण अनुसार १५ गते १८ हजार ९ सय ८६ रुपैयां, १६ गते २६ हजार ४ सय ६२ रुपैयां, १७ गते ४७ हजार ७ सय ५३ रुपैयां, १८ गते ७ हजार ६ सय ६५ रुपैयां संकलन भएको छ ।
यसै गरी १९ गते ११ हजार ९ सय ५० रुपैयां, २० गते १८ हजार ८ सय ६५ रुपैयां तथा २१ गते ७९ हजार ५ सय ३६ रुपैयां जम्मा भएको छ ।
अष्टमी तिथी, तथा शनिवार र मंगलबार भक्तजनहरुको भिडभाड रहने बागलुङ कालिका मन्दिरमा पछिल्लो समय दिनहुं जसो दर्शनार्थिहरुको उल्लेख्य उपस्थिती रहने गरेको छ ।
धार्मिक आस्थाका साथै पर्यटकिय आकर्षणको गन्तव्य स्थलका रुपमा गुठी ब्यवस्थापन समितिले विकास तथा प्रबद्र्धनका लागी बिभिन्न प्रयासहरु जारी राखेको छ









