
बागलुङ,२१ फागुन
नेकपा एमाले बागलुङ क्षेत्र नम्बर–३ को क्षेत्रीय अधिवेशन शनिबादेखि सुरु भएको छ ।
अधिवेशन उदघाटन पछि बोल्दै नेकपा एमाले पोलिटब्यूरो सदस्य गणेश तिमिल्सीनाले स्थानीय तहको निर्वाचन तत्कालको आवश्यकता भएकाले सरकार संशोधन प्रक्रियामा अल्झीन नहुने बताउनुभएको थियो ।
सरकारले जनताको भावना अनुसार निर्धारित समयमै निर्वाचन गर्न तयार रहनुपर्ने बताउँदै तिमिल्सीनाले संविधानको कार्यान्वयन गर्न सरकारलाई प्रतिपक्षले समेत साथ र सहयोग प्रदान गर्ने बताउनुभएको थियो ।
कार्यक्रममा नेकपा एमाले संसदीय दलका सचेतक गोकुल घर्ती, नेकपा एमाले वैकल्पिक केन्द्रीय सदस्य भुपेन्द्र थापा, गोविन्द नेपाली, नेकपा एमाले जिल्ला कमिटी बागलुङका अध्यक्ष इन्द्रलाल सापकोटा, जिल्ला उपसचिव विष्णु भुषाल, शान्ति अधिकारी, प्रेम बलामी लगायतले बोल्नुभएको थियो ।
कार्यक्रम क्षेत्रीय अध्यक्ष कृष्णा भट्टराईको अध्यक्षता, केशर छन्त्यालको स्वागत र ज्ञानप्रसाद कँडेलको संचालनमा सम्पन्न भएको प्रचार विभाग प्रमुख धनबहादुर परियारले जानकारी दिनुभयो अधिवेशनले नयाँ कमिटी निर्वाचन गर्ने छ । अहिले बन्द सत्र संचालन भैरहेको बताइएको छ ।









