
- राजेश चन्द्र राजभण्डारी
हो निद्रा र सपना
अलगअलग कुरा हो
तर मान्छेहरू निद्रा
लाई सपना सँग
जोडेर हेर्छन्
साईलि
दिनभरी पैसाको
पछाडि डौडिने मान्छेहरू
न त रात न त दिन मै
निदाउन सकेकाछन्
न त राम्रो सपना
देखन पाएका छन्
साईलि
हो सत्य यहीँ हो
राम्रो निद्रा निदाउन
नसक्ने मान्छेहरू
कसरी मिठो सपना
देखन सक्छन्
साईलि
मान्छेहरू
अहिले बजारमा निद्रा
किनेर सुतिरहेका छन्
हो
निद्रा त पैसाले
किन्न सकिन्छ
तर सपना पैसाले
किन्न सकिदैन
निद्रा र सपना
अलग अलग कुरा हो
तर मान्छेहरू निद्रा लाई
सपना सँग जोडेर
हेर्ने गर्छन्
साईलि









