नेकपा एमाले बिनामारेको १,२ को संयुक्त वाड भेला सम्पन्न

बागलुङ,२० फागुन
नेकपा एमाले गाउ कमिटि विनामारेका वाड नम्वर १,२ को संयुक्त वाड भेला सम्पन्न भएको छ ।
भेलाले वार्ड नम्वर १ मा गोपाल श्रेष्ठ अध्यक्षतामा १९ सदस्यीय गाउ कमिटि गठन गरेको छ । गाउ कमिटिको उपाध्यक्ष खगराज पुरी, सचिव पुर्ण मल्ल, उपसचिव सपना मल्ल चयन हुनुभएको छ ,
त्यस्तै वार्ड नम्वर २ मा गोपाल पौडेलको अध्यक्षतामा १७ सदस्यीय गाउ कमिटि गठन गरेको छ । कमिटिको उपाध्यक्ष तारा आचार्य, सचिव तारा पौडेल, उप सचिव टेकनाथ उपाध्याय चयन हुनुभएको विनामारे गाउ कमिटिका अध्यक्ष रमेश केसीले जानकारी दिनुभयो ।
भेलामा जिल्ला सदस्य राजु केसीले नेपाली जनताको विकास र समृद्धको आकक्षालाई सफता पूर्वक मुलुकलाई सहि दिशा दर्शाउनका निमित्त नेकपा एमालेको बलियो र स्थिर सरकार आवश्यक रहेको उल्लेख गर्नु भयो ।
भेला नेकपा एमाले विनामार गाउ कमिटिका उपाध्यक्ष देवेन्द्र रेग्मीको अध्यक्षता, गाउ कमिटि सचिवलालय सदस्य खेम श्रेष्ठको संंचालनमा सम्पन्न भएको थियो ।