स्वर्गिय तिल बहादुर भण्डारीको श्रद्धाञ्जली सभा

गलकोट,फागुन–२०
नेपाली काग्रेस हटिया गाउ पार्टी सदस्य स्वर्गीय तिल बहादुर भण्डारीको ९ औ दिनको पुण्य तिथिमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।
पार्टीका क्रिायशिल सदस्य ईन्द्रबहादुर भण्डारी र जगतबहादुर भण्डारीका बुबा तथा नेपाली काग्रेस हटिया गाउ पार्टी सभापति बिरजङ भण्डारीका हजुरबुबा स्वर्गिय तिल बहादुर भण्डारीको ९ औ दिनको पुन्य तिथिमा हटिया गाउ पार्टीले श्रदान्जली सभाको आयोजना गरेको हो ।
श्रदान्जली सभामा नेपाली काग्रेसका महाधिबेसन प्रतिनिधि मञ्जुशर्मा चालिसे, क्षेत्रीय प्रतिनिधि देबेन्द्र बहादुर खत्री, क्षेत्रीय प्रतिनिधि शिव कुमारी खत्री, हिरा बहादुर भण्डारी, नेपाल शिक्षक संद्यका जिल्ला सदस्य बिष्णु मल्ल, मल्म गाउ पार्टि सभापति यज्ञप्रसाद सापकोटा, काडेबास गाउ पार्टी उपसभापति ढालिन्द्रप्रसाद गौतम, नरेठाटी गाउ पार्टी सचिव हिम बहादुर भण्डारी हेमन्त लगायतले स्वर्गिय भण्डारीको तिष्बिरमा अबिर र फुल अर्पण गरेका थिए ।
सभामा बोल्ने वक्ताहरुले स्वर्गिय भण्डारीले समाज बिकासका लागी गरेका कार्यहरुको मुल्याङकन गर्दै उहाँले अगाडि सारेका कार्यहरुलाई पुरा गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए
सभा हटिया गाउ पार्टी सचिव नन्द्रराज शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।