बागलुङ,२० फागुन
बागलुङ जिल्लाको पैयूपाटा निवासी एक महिलाले इमान्दारीताको नमुना प्रस्तुत गरेकी छिन् ।
पैयुपाटा ९ निवासी गंगा रोकाले एक महिलाको करिव ५ तोला बरावरको सुनको गहना भेट्टाएर फिर्ता गरि आफ्नो इमान्दारीताको उदाहरण प्रस्तुत गर्नु भएको हो ।
नवलपरासीको गैडाकोटवाट बिवाहका लागि बागलुङको पैयूथन्थाप आई फर्कने क्रममा गाडिको छतमा राखेको झोला हराएर समस्यामा पर्नु भएकी बिनिता घिमिरेको सुन सहित लत्ताकपडा राखिएको झोला भेट्टाएर रोकाले आज फिर्ता गर्नु भएको हो ।
बागलुङ कुश्मिशेरा सडक खण्ड अन्तरगतको घर मुनिकै वाटोमा झोला भेट्टाएपछि रोकाले सवैलाई खवर गर्नु भएको थियो । बिहिवार पैयुथन्थापवाट बागलुङ आउने क्रममा ध १ ज ६० नम्वरको जिपको छतमा राखिएको जेव्रा झोला हराएर पिडामा पर्नु भएकी घिमिरेको झोला भित्र कपडा र कपडाको बिचमा सुनका गहना राखिएको रोकाले बताउनुभयोे ।
झोला हराएर धौलागिरि अञ्चल जिप व्यवसायी समितिमा खवर गरि समितिका महासचिव बिष्णुप्रसाद अधिकारीको रोहवरमा खोजी गर्दा रोकाले भेट्टाएको खवर पाएपछि गंगाको घरमा पुगी उहाँको परिवार र समितीका महासचिव अधिकारीले घिमिरेलाई हस्तान्तरण गर्नु भएको थियो । पिडित घिमिरेले आफ्नो करिव ४ लाख बरावरको सामान भेट्टाएर बुझाउनुभएकी रोकालाई खादा र नगद सहित सम्मान गर्नु भएको थियो ।
कुनै दिन आफ्नो पनि गहना हराउदा आफुलाई दुःख लागेको सम्झदै उक्त झोला भेट्टाएर बुझाउन पाउदा खुसी लागेको बताउनुभयो । उक्त झोलामा घिमिरेको २ वटा वाला, २ वटा औठी, कानमा लागउने झुम्का सेट र मंगलसुत्र राखिएको थियो ।









