धौलागिरि क्याम्पसमा लोकतान्त्रिक प्यालन बिजयी

बागलुङ,१९ फागुन
धौलागिरी अञ्चलकै एक मात्र आंगिक क्याम्पस धवलागिरी बहुमुखी क्याम्पसमा स्वबियू निर्वाचनवाट नेपाल बिद्यार्थी संघ नेतृत्वको लोकतान्त्रिक प्यानल नै बिजय भएको छ ।

मतगणनाको परिणाम अनुसार नेपाल बिद्यार्थी संघ नेतृत्वको लोकतान्त्रिक प्यानल भारी मतका साथ बिजय भएको हो ।

नेपाल विद्यार्थी संघ नेतृत्वको लोकतान्त्रिक प्यानलको तर्फवाट अध्यक्षमा उमेदवार मनबहादुर थापाले ५ सय २ मत लिएर बिजयी हुनु भएको छ । उहाँका प्रतिस्पर्धी अखिल संयुक्तका अध्यक्षका उमेदवार शेखर खड्काले ३ सय ६ मत प्राप्त गर्नु भएको छ ।

सचिवमा लोकतान्त्रीक प्यानका बिष्णुराज शर्माले ४ सय ५१ र कोषाध्यक्षमा सुस्मीता बोहराले ४ सय ९९ मत लिएर बिजयी हुनु भएको छ । सचिवमा अखिल संयुक्तका जिवन शर्माले ३ सय ४३ र कोषाध्यक्षमा बिष्णुकुमारी जोल्मीले २ सय ९७ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

सदस्यहरुमा लोकतान्त्रिक प्यानलका मिना सापकोटा ४ सय ६५, सञ्जु चापागाई ४ सय ३३, मनोज सापकोटा ४ सय ७२, बिवेक जिसी ४ सय ६३ र हरिवहादुर भण्डारी ४ सय ३१ मत प्राप्त गरि बिजयी हुनुभएको छ । अखिल संयुक्तको सदस्यहरुमा लालबहादुर भण्डारी ३ सय १३, लालमति रोका ३ सय १४, साधना राना २ सय ७२ सुरेश रेग्मी ३ सय १२, थुमा पूर्जा पुनले २ सय ७२ मत प्राप्त गर्नुभएको छ ।

समानुपातिक तर्फ लोकतान्त्रिक प्यानलले ५ सय, अखिल संयुक्तले २ सय ९३ र अनेरास्वयवियु पाँचौले २० मत प्राप्त गरेको निर्वाचन समितिले जनाएका छ ।निर्वाचनमा प्रत्यक्ष तर्फ ४ संगठनका १९ जना चुनावी मैदानमा रहेका थिए ।

धौलागिरि बहुमुखी क्याम्पसमा नेतृत्वका लागि अखिल संयुक्त प्यानलका तर्फबाट शेखर खड्का र नेपाल विद्यार्थी संघ नेतृत्वको लोकतान्त्रिक प्यानलबाट मनबहादुर थापा चुनावी प्रतिस्पर्धामा रहनु भएको थियो । अखिल संयुक्तमा एमाले निकट अनेरास्वबियू, नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र राष्ट्रिय जनमोर्चा निकट अखिल छैठौ रहेका थिए भने लोकतान्त्रिक प्यानलमा कांग्रेस निकट नेवि सघं, राप्रपा निकट राष्ट्रिय प्रजातन्त्र बिद्यार्थी सघं र नयाँ शक्ति पार्टी निकट नयाँ शक्ति विद्यार्थी युनियन रहेका थिए ।