
बिक्रम सुनार
बागलुङ,फागनु–१८
धौलागिरिका बहुमुखी क्याम्पस बागलुङमा स्वतन्त्र विद्याथी युनियन (स्ववियु)को मतदान भइरहेको छ ।
निर्वाचनमा क्याम्पसका बिभिन्न संकायका ९ सय ८२ जना बिद्यार्थीले मताधिकार प्रयोग गर्ने मध्ये अहिले सम्म ७ सय ५५ भन्दा बढि मत खसिसकेको निर्वाचन अधिकृत डा.दिनबहादुर थापाले जानकारी दिनुभयो ।
विहान ८ बजेदेखी सुरु भएको निर्वाचन साँझ ५ बजे सम्म जारी रहने भएपनि अब करिव २०÷२५ मात्र मत खस्ने सम्भावना रहेको अधिकृत थापाले बताउनुभयो ।
निर्वाचनमा प्रत्यक्ष तर्फ ४ संगठनका १९ जना चुनावी मैदानमा छन् । अध्यक्ष पदका लागि अखिल संयुक्त प्यानलका तर्फबाट शेखर खड्का र नेपाल विद्यार्थी संघका मनबहादुर थापा बिच प्रतिस्पर्धा हुँदैछ ।
त्यस्तै गलकोट बुहुमुखी क्याम्पसमा पनि स्ववियू निर्वाचन समापन भईसकको छ । नेपाल बिद्यार्थी सघंबाट गुमानसिहं भण्डारी र अखिल संयुक्तबाट सरिता खत्री नेतृत्वको प्यानल चुनावी मैदानमा छ ।
१ सय २८ भोट मध्ये १०५ मत गणना भएको निर्वाचन अधिकृत नवराज गौतमले बताउनुभयो । उहाँका अनुसार अखिल संयुक्त प्यानलबाट नेतृत्व गरेकी सरिता खत्रको ४३ मत, नेपाल विद्यार्थी संघका गुमानसिंह भण्डारीको ६२ मत खसेको छ ।
जिल्लाको दक्षिण बरेङ स्थित सर्वोदय क्याम्पसमा भने अखिल छैठौका शेखर थापाको अध्यक्षतामा स्वबियूको सर्वसम्मत नेतृत्व चयन गरिएको छ ।
स्वबियू उपसभापतिमा ज्योति पुन, सचिवमा ज्योति थापा, सह–सचिवमा रुपा बिक, र कोषाध्यक्षमा निर्मला पुन चयन हुनुभएको निर्वाचन अधिकृत ओमबहादुर पुनले बताउनुभयो ।
अन्य संगठनको उम्मेदवारी नपरेकाले थापा नेतृत्वको टिम निर्विरोध निर्वाचित भएको उहाँको भनाई छ । स्वबियू सदस्यहरुमा मनिसा शर्मा, बिक्रम पौडेल, पुरन क्षत्री, खिमा पुन, रिमा शर्मा, अञ्जना शर्मा रहनुभएको छ ।









