बागलुङ, १५ फागनु
मगर दिवस, आज बागलुङमा बिविध कार्यक्रमका साथ मनाइएको छ ।
नेपाल मगर सघं नगर प्रारम्भिक समिति बागलुङको आयोजना तथा मगर सम्वद्ध बिभिन्न सघं संगठनको सहआयोजनामा दिवसका अवसरमा वृहत ¥याली लगायतका कार्यक्रम गरिएको हो ।
नेपाल मगर सघंको सभाहलबाट मगर पहिचान र संस्कृतिहरु सहित शुरु भएको ¥यालीले बजार परिक्रमा गरेर कालिका मन्दिर परिसरमा रहेको बाल उद्यानमा पुगेर मुख्य समारोह गरिएको थियो । सो अवसरमा बोल्दै सांसद केशरी घर्ति मगरले राज्यबाट पछि पारिएको जाति समुदाय र बर्गको आवाजलाई थप सशक्त र एकतावद्ध बनाउन जरुरी भएको बताउनुभयो ।

कार्यक्रममा नेपाल मगर सघंका केन्द्रिय सदस्य जोकलाल बुढा, लाङ्घाली परिवारका संस्थापक महासचिव केवी राना मगर, मगर सघंका निवर्तमान केन्द्रिय सदस्य तेजेन्द्र थापा, जिल्ला अध्यक्ष गणेश थापा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम नेपाल मगर सघं नगर प्रारम्भिक समितिका अध्यक्ष हिराबहादुर थापाको अध्यक्षता, नेपाल मगर बिद्यार्थी सघं क्याम्पस इकाई समितिका अध्यक्ष रमेश घर्ति मगरको स्वागत र नगर सचिव मिना थापा मगरको सञ्चालनमा सम्पन्न भएको थियो ।
यसैबीच, दिवसको अवसरमा बागलुङको लेखानीमा पनि एक कार्यक्रमको आयोजना गरि मनाइएको छ ।
नेपाल मगर सघं प्रारम्भिक इकाई समिति लेखानीको आयोजनामा भएको कार्यक्रममा ओमबहादुर काला, नरबहादुर काउचा, डिलबहादुर छन्त्याल, मोमबहादुर रोका, रुद्रप्रसाद श्रेष्ठ र कृष्णबहादुर छन्त्यालले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम कुलमान श्रीसको अध्यक्षता, डिलबहादुर काउचाको स्वागत र चन्द्रकुमार पुनको सञ्चालनमा सम्पन्न भएको थियो ।









