
बागलुङ, १५ फागुन
नेकपा एमाले विनामारेको वार्ड नम्बर ७ वार्ड कमिटि गठन सम्पन्न भएको छ । टंक बहादुर नेपालीको अध्यक्षतामा ३३ सदस्यीय वार्ड कमिटि गठन गरिएको हो ।
समितिको उपाध्यक्ष बलबहादुर नेपाली, सचिव कृष्ण आचार्य,उपसचिव दण्ड बहादुर नेपाली चयन हुनुभएको विनामारे गाउ कमिटिका अध्यक्ष रमेश केसीले जानकारी दिनुभयो ।
कार्यक्रममा नेकपा एमाले बागलुङ जिल्ला कमिटि सदस्य राजु केसीले सम्पुर्ण दलित जनजाति महिला, युवा, तथा पिछडिएको वर्गहरुको प्रतिनिधित्व एमालेको नेतृत्वमा मात्र सम्भव भएको बताउनुभयो ।
साथै आगामि बैशाखमा हुने तिनै तहको निर्वाचनको लागि एमालेका उमेदवारकरुलाई विजयी गराउन आवश्यक भएकाले आफ्नो ठाउबाट लाग्न सम्पुर्णलाई अनुरोध गर्नुभयो ।
कार्यक्रममा गाउ कमिटि अध्यक्ष रमेश केसी, युवा संघ विनामारेको अध्यक्ष चन्द्र बहादुर क्षेत्री लगायतले बोल्नुभएको थियो
टंक बहादुर नेपालीको अध्ययक्षता, बसन्त क्षेत्रीको संचालनमा सम्पन्न भएको कार्यक्रमको स्वागत उपाध्यक्ष कृष्ण आचार्यले गर्नुभएको थियो ।









