बागलुङ, १४ फागुन
नेकपा एमाले भीमापोखरा–७ का सक्रिय कार्यकर्ता खडे थापाको स्वर्गारोहण भएको दशौं पुण्य तिथिमा नेकपा एमाले भीमापोखरा गाउँ कमिटीले शनिबार श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।
एमाले जिल्ला कमिटी सदस्य अमर थापा र एमाले जिल्ला लेखा कमिटी सदस्य खिम बहादुर कार्कीको विशेष उपस्थितिमा सम्पन्न भएको श्रद्धाञ्जली सभामा एमाले क्षेत्रीय कमिटी सदस्य चन्द्रमणि उपाध्याय र जिल्ला कमिटी सदस्य अमर थापाले बोलेका थिए ।









