काठमाडौँ, १३ फागुन
बागलुङ जिल्लाको विहुँ गा.वि.स वार्ड नं ७ गौँसवराका बर्ष ३८ का सैविर विश्वकर्मा यतिबेला घरमै मृत्यु कुरेर बसिरहेका छन् । बायाँ खुट्टमा क्यान्सर रोगले संक्रमण गरेपछि उनि लामो समय देखि थला परेका छन् । उनले हिड्डुल गर्ने कुरा त परै जावस घरमा भित्र बाहिर गर्न पनि अरुको साहारा चाहिन्छ ।
उनि भन्छन् ‘यस्तो अबस्थामा परिवारको बोझ भएर बाँच्न मन छैन, आखाँका नानि जस्ता चार नावालक सन्तानको भविष्यको चिन्ताले पिरोली रहन्छ । उपचारका लागी कसैले सहयोग गरिदिए चार सन्तानको साहरा भएर बाच्ने अन्तिम धोको छ ।’
उनले उपचारका लागि स्वदेश तथा विदेशमा आफ्नो क्षमताले पुग्ने सम्मको प्रयास गरे । भएको जायजेथा सबै रित्तियो बाँकी केहि रहेन । तर उनको खुट्टाको क्यानसर निको होला भन्दा उल्टै दिन प्रति दिन बढ्दै गएको छ । गरिव दलित विपन्न परिवारका उनिसंग अब मृत्यु बाहेक अन्य विकल्प छैन ।
परिवार र बालबाच्चाहरुलाई एक गास खान र एकसरो लुगा फेर्ने सपना बोकेर ३ बर्ष अगाडि रोजगारीको शिलशिलमा मेलेसिया पुगेका उनको एक्कासी खुट्टा दुख्ने गरे पछि मलेसिया स्थित अस्पतालमा भर्ना भए । त्यहाँका डाक्टरको सल्लाह अनुसार औषधी खाए तर खुट्टाको ठिक हुनु भन्दा घुडामा साह्रो खालको मासु डल्लो देखा पर्न थाल्यो । फेरी अस्पताल गएर जचाएर औषधी समेत खाए तर बिमार भने निको हुन सकेन ।
बिदेशबाट पैसा कमाएर छोराछोरी र परिवारलाई खुसी राख्ने उनको सपना सपनामा नै सिमित रह्यो । स्वदेशमा नै केही गरेर उपचार गराउने सपना बोकेर उनी रित्तो हात रोगको असहज भारी बोक्दै स्वदेश फर्किए ।
विश्वकर्माले २०७२ सालको असोज महिनामा स्वदेश फर्किए पछि लगत्तै चितवनको भरतपुर स्थित क्यान्सर अस्पतालमा उपचार सुरुगरे । डाक्टरको सल्लाह अनुसार उनले औषधी प्रयोग गरे । उपचारमा भए जतिको सबै रकम सकियो तर उनको क्यान्सर झन बढ्दै गयो । अहिले उनि दुखाईका पिडामा अस्पतालको सैँयामा छटपटाई रहेका छन् । श्रीमति र अवोध बालबालिकाहरु उनको पिडा हेर्न बाहेक अरु केहि गर्न सक्दैनन् ।
उनकी श्रीमती भन्छिन् ‘दुखाइ सहन नसकेर डाको छोडेर रुनु हुन्छ यहाँसंगै हामी पाँच आमाछोरी पनि संगै रोएर दिन बिताउछौँ ।’
उनकादाई जित बहादुर बिश्वकर्माका अनुसार हाल सम्म उपचारमा ६ लाख बराबर खर्च भईसकेको छ । तर पनि भाई अस्पतालको सैयामा छटपटाई रहेको छ । उनले सहयोगी मनहरुलाइ सहयोगको याचना गरेका छन्, उनि भन्छनः मलाई सानो ठुलो जति सक्नु हुन्छ सहयोग गरिदिनुस्, तपाइको सानो सहयोगले मेरो परिवारको गुमेको खुसी फिर्ता हुनेछ ।
साथै सहयोग गर्न चाहाने र सक्ने मन भएकाहरुलाई निम्न ब्यक्ति र मोवाइल नं मा सम्पर्क गरिदिन अनुरोध समेत गरेका छन्ः
खातावालाकाे नाम:-जीत बहादुर वि.क. खाता नं:-१२०७०१०००८२३३(Global IME Bank,Baglung Branch) सम्पर्क नं.:- +९७७९८४७७१०४३२अथवा रविन वि०क०(+९७७९८४७६३३३९९)
विदेशका लागि:- सुमन विक(मलेसिया ) खाता नं:-१०६१३८२६६५१८ (May Bank Malesiya ) सम्पर्क नं.:- +६०१७९५४८९५४










