काठमाडौं, १२ फागुन – निर्देशक निश्चल बस्नेतलाई चत्रचित्र लप्पन छप्पनको एक गीतको भिडियोमा रकस्टारका रुपमा देखिएका छन् । उक्त गीतमा स्वर पनि उनकै छ ।
युट्युबमा हिट भएको यो गीतसँगै चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, अर्पण थापा, वर्षा शिवाकोटी, देवु श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको चलचित्र लप्पन छप्पनलाई डम्बर चन्दले निर्माण गरेका हुन् । मुकुन्द भट्टको निर्देशन छ ।
ट्रेलर रिलिजसँगै चर्चामा आएको चलचित्र यही चैत्र ११ गतेबाट प्रदर्शन हुँदैछ ।










