बागलुङ, ८ फागुन
गत वर्षहरुमा जस्तै यस वर्षपनि जिल्लाको भीमापोखरा–९ सिमामा शिवारात्री पर्वको अवसरमा शिवारात्री मेला हुने भएको छ ।
पुष्पाञ्जली ग्रामिण विकास केन्द्र भीमापोखरा–९ ले यस वर्ष फागुन १० गतेदेखि १३ गतेसम्म महाशिवारात्री मेला २०७३ को आयोजना गर्न लागेको हो ।
मेलामा यस वर्ष खुल्ला पुरुष भलिवल, खुल्ला नृत्य प्रतियोगिता, भजन प्रतियोगिता, आधारभूत स्तरिय हाजिरीजवाफ प्रतियोगिता, प्रा.वि. स्तरीय हिसाव दौड प्रतियोगिता र कृषि प्रदर्शनी गर्न लागेको केन्द्रका अध्यक्ष प्रेम केसीले जानकारी दिए ।
स्थानीय कृषकहरुको मनोभावना वृद्धि गर्नको लागि कृषि मेला प्रदर्शनी गर्न लागिएको आयोजकले जनाएको छ । कृषिजन्य वस्तुको अवस्था हेरेर पुरस्कार दिइने आयोजकले जनायो । मेलामा राष्ट्रिय कलाकारहरु खडक गर्वुजा, प्रकाश सपुत तथा स्थानीय कलाकारहरुको वेजोड सांस्कृतिक प्रस्तुती रहने आयोजकले जनाएको छ ।









