कुम्विर विश्वकर्मा
बागलुङ,फागुन–०२
बागलुङको पश्चिम बोहरागाउँ झिवाखोला स्थित प्रभा माध्यामिक विद्यालयको ५६ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस मंगलवार सम्पन्न भएको छ ।
दिवसको अवसरमा बोल्दै सांसद ज्ञानकुमारी छन्त्यालले विद्यार्थीको शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि शिक्षक,अभिभावकको महत्वपुर्ण भुमिका हुने बताउनुभयो । सांसद छन्त्याले विद्यालयको व्यवस्थपन र शैक्षिक स्तर वृद्धि गर्नका लागि आवश्यक पाठय् सामाग्री, आर्थिक, भौतिक रुपमा आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
नेपाल पर्यटन व्यवसाय पत्रकार संघका सदस्य छेतुङ तामाङ, युवा समाज सेवी टेकराज पौडेल, लगायतले बोल्नुभएको कार्यक्रममा विद्यालयका प्रधानध्यापक नवराज आचार्यले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
सोही अवसरमा विद्यालयले आयोजना गरेको विविध प्रतियोगितात्मक कार्यक्रममा विजयी, चन्दातदाताहरुलाई सम्मान गरेको विद्यालयका प्रधानध्यापक नवराज आचार्यले जानकारी दिनुभयो ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश विक्रमचन्दको अध्यक्षता, शिक्षक विमल भट्टराईको स्वागत र शिक्षक दिपक शाहीको संचलानमा सम्पन्न भएको थियो ।









