छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

बागलुङ, १ फागुन
जिल्ला खेलकुद विकास समिति बागलुङद्वारा आयोजित छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आईतबार देखि जिल्लाका ३ निर्वाचन क्षेत्रमा सुरु भएको छ ।
जिल्ला खेलकुद विकास समिति बागलुङको आयोजनामा सुरु भएको प्रतियोगिताको पहिलो दिन ३ क्षेत्रमै विभिन्न प्रतियोगिता सम्पन्न भएका छन् ।
बागलुङ नगरपालिका–१ रामरेखा स्थित बाङगेचौर खेलमैदानमा सुरु भएको खेलको उद्घाटन समारोहमा बोल्दै स्थानीय विकास अधिकारी रामप्रसाद आचार्यले खेलकुदको विकास र विस्तारको लागि स्थानीय स्रोत र साधानको उचित प्रयोगमा सवैले ध्यान दिनुपर्ने बताएका थिए ।
कार्यक्रममा बागलुङ नगरपालिका कार्यालयलका कार्यकारी अधिकृत रमेश ढकाल, नेकपा एमालेका सचिव लालबहादुर थापा, माओवादी केन्द्रका कृष्ण केसी, राप्रपा नेपालका उपाध्यक्ष शैलेन्द्र श्रेष्ठ, खेलाडी रमेश बुढा लगायतले बोलेका थिए । राष्ट्रपति रनिङ्गशिल्ड र बागलुङको खेल क्षेत्रको अवस्थाबारे जिल्ला खेलकुद विकास समितिका अध्यक्ष धनबहादुर परियारले जानकारी दिएका थिए । उदघाटन कार्यक्रम क्षेत्र नम्बर–१ क्षेत्रीय छनौट कार्यक्रमका संयोजक मनिष रायमाजीको अध्यक्षता र पत्रकार रामकृष्ण बोहराको संचालनमा सम्पन्न भएको थियो ।
आईतबार भएको ८ मिटरमा छात्र दौड तर्फ न्यु एभरेष्टका सुनिल नेपाली प्रथम, सिगाना माविका सञ्जिव सुवेदी द्धितीय र त्रिभुवन मावि गणेश दर्जी तृतीय भएका थिएभने छात्रा तर्फ सिगाना माविका सविना जिसी प्रथम, गणेश माविकी सुप्रिया विक द्धितीय र जनताधन माविका दिपा शर्मा तृतीय भएकी थिईन ।
१५ सय मिटर छात्र दौडमा सिगाना माविका शक्ति खत्री प्रथम, न्यु एभरेष्टका सुनिल नेपाली द्धितीय र जनशिक्षा मावि अर्जेवाका रोहन खडका तृतीय भएका थिए । छात्रा तर्फः जनताधन माविका दुर्गा शर्मा प्रथम, गणेश माविका सुप्रिया विक द्धितीय र त्रिभुवन माविका सुप्रिया परियार तृतीय भएको जिल्ला खेलकुद विकास समतिका अध्यक्ष धनबहादुर परियारले जानकारी दिए ।
फिल्ड तर्फको सटफुट प्रतियोगीता अन्तर्गत छात्र तर्फ न्युओसिस एकेडेमीका सुरज कुँवर प्रथम, चिल्डेनलाईफका दिवस बुढाथोकी द्धितीय र न्यू एभरेष्टका सुनिल थापा तृतीय भएका थिए । छात्रा सटफुट तर्फ धौलागिरी बहिरा विद्यालयकी तिलदेवी गर्वुजा प्रथम, तितौरे माविका अनिता कार्की द्धितीय र गणेश माविमा सुष्मिता सुनार तृतीय भएकी थिईन ।
यस्तै आईतबार छैटौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताको क्षेत्र नं. २ का छनोट खेलहरु आईतबारदेखि गलकोटको हटियामा सुरु भएका छन् । क्षेत्र नं २ र आस पासका गाबिस का बिद्यालयलाई समेटेर कार्यक्रमको आयोजना गरिएको हो ।
उद्घाटन समारोहमा बोल्दै जिल्ला शिक्षा अधिकारी बिष्णु प्रसाद मिश्रले खेलकुदले सामाजिक भावनाको बिकास संगै अनुशासन सिकाउने भएकाले अध्ययनका अक्तिरिक्त बिद्यार्थिलाई खेलकुदमा सक्रिय हुन आबश्यक रहेको बताए । गलकोट बहुमुखि क्याम्पसमा आयोजित प्रतियोगिताको उदघाटन गदै मिश्रले स्बास्थ्यका लागि समेत खेलकुद निकै महत्वपूर्ण रहेको बताए ।
जिल्ला खेलकुद विकास समितिका सदस्य राहुल बोहराको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन समारोहको स्वागत गलकोट बहुमुखी क्याम्पसका प्रमुख देबेन्द्र खत्री र संचालन गलकोट माध्यमिक बिद्यालयका शिक्षक राम खत्रीले गरेका थिए । आईतवार भलिबल प्रतियोगीतको पहिलो चरणका केही खेल सम्पन्न भएका छन ।
भलिबलसंगै अन्य खेलकूद कार्यक्रम समेत सञ्चालन गरिएको छ । ३ हजार मिटर छात्र दौड प्रतियोगितामा सारदा माबि बाटकाचौरका प्रवेश चुदारा प्रथम, चौराह माबिका मिलन श्रीस द्धितिय र गलकोट मोडनाईज्ड एकेडेमी हरिचौरका तुफान सापकोटा तृतिय भएका छन् ।
यस्तै ३ सय मिटर छात्रा दौडमा पृथ्बी माबि हरिचौरकी लक्ष्मी कार्की प्रथम, न्युलाईफ आवसिय माबि हरिचौरकी सपना खत्री द्धितिय र र शिब मावि काँडेबासकी सरिता सुनार तृतिय भएका छन् । त्यसै गरि छात्र सटपुट प्रतियोगीतमा गलकोट माबिका अनील गन्र्धब प्रथम, नेपाल माबि ताराका अर्जुन बिक द्धितिय र पृथ्बी माबि हरिचौरका राजन श्रीपाली तृतिय भएका छन् ।
छात्रा सटपुट प्रतियोगितामा नवप्रभात स्कुल हटियाकी बिपना प्रथम, सरस्बती माबिका आशा नेपाली द्धितिय र न्युलाईफ आवसिय माबि हरिचौरकी सुक्ष्मा खत्री तृतिय भएकी छन् ।
आईतबारै सम्पन्न छात्र हाईजम्प प्रतियोगितमा जनहित माबिकी समिक्षा खड्का प्रथम, जनप्रेम माबिकी सम्झाना सुनार द्धितिय र पृथ्बी माबिकी कुसुम परियार तृतीय भएकी छिन् ।
यस्तै आईतबार नै क्षेत्र नं. ३ को बुर्तिबाङमा विभिन्न प्रतियोगिताहरु सम्पन्न भएका छन् । पहिलो दिन १ सय इन्टु ४ रिले छात्र दौडमा उत्तर गंगा बुर्तिबाङ प्रथम, न्यू मोर्डन एकेडेमी द्धितिय र जनता बोडिङ्ग स्कुल तृतीय भएका छन्भने छात्रा तर्फ प्रभा मावि बोहोरागाउँ प्रथम, उत्तरगंगा मावि बुर्तिबाङ द्धितिय र रिभरहेर एकेडेमी तृतीय भएको क्षेत्र नं. ३ का संयोजक गोकुल शेरचनले जानकारी दिए ।
यस्तै ८ सय मिटर छात्र दौडमा न्यू मोर्डन एकेडेमीका लेखनाथ खरेल प्रथम, रत्नलक्ष्मी माविका प्रवेश केसी द्धितिय र उत्तरगंगा माविका दोर्ण घर्ति मगर तृतीय भएका छन् । यस्तै सटफुट तर्फ देविस्थान माविका सुमन मगर प्रथम, प्रकाश मावि खुर्गाका कमल कार्की द्धितिय र न्यू मोर्डन एकेडेमीका निर्माण सुनार तृतीय भएका छन् । सटफुट छात्रा तर्फ देविस्थान माविकी तुलसी मल्ल प्रथम, उत्तरु गंगा माविका शोभा कुँवर द्धितिय र प्रभा मावि बोहोरागाउँका मिठु चन्द तृतीय भएका छन् ।
यस्तै १ सय मिटर छात्र दौडमा न्यू मोर्डन एकेडेमीका लेखनाथ खरेल प्रथम, रिभरहेर एकेडेमीका अजय विक द्धितिय र जनता बोडिङ्गका मिलन विक तृतीय भएका छन् । छात्रा तर्फ जनमावि छिम्पाकी सिता क्षेत्री प्रथम, रिभरहेर माविकी पुजा पौडेल द्धितिय र उत्तरगंगा तिर्सना कुँवर तृतीय भएका छन् । यस्तै २ सय मिटर दौडको छात्र तर्फ रिभरहेर माविका चिजन विक प्रथम, उत्तरुगंगा माविका विक्रम कार्की द्धितिय र प्रकाश मावि खुर्गाका याम रसाईली तृतीय भएका छन्भने छात्रा तर्फ प्रभा माविकी निलम केसी प्रथम, जनमाविकी मुना क्षेत्री द्धितिय र जनता बोडिङ्ग माविकी पुजा कंडेल तृतीय भएको संयोजक शेरचनले जानकारी दिए ।
यस्तै ४ सय मिटर छात्र दौडमा रिभरहेर माविका चिजन विक प्रथम, प्रभा माविका आशिष विक द्धितिय र उत्तरगंगा माविका जिवन पुन तृतीय भएका छन् । यस्तै छात्रा तर्फ विद्याविकास माविकी रिता अर्गै प्रथम, प्रभा माविकी धनिकला रेग्मी द्धितिय र रिभरहेर माविकी पुजा विक तृतीय भएका छन् । रनिङ शिल्ड अन्तरगत क्षेत्र नं. २ को खेलहरु गल्कोटमा भएका छन् । रनिङ शिल्डको क्षेत्रीय खेलहरु मंगलबार सम्पन्न हुने र जिल्ला छनोट खेल फागुन ९ देखि ११ सम्म हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष धन बहादुर परियारले जानकारी दिए ।