प्रभा माध्यामिक विद्यालयको वार्षिकोत्सव सुरु

बागलुङ, १ फागुन
बागलुङको पश्चिम बोहरागाउँ अवस्थित प्रभा माध्यामिक बिद्यालयको ५६ औं वार्षिकोत्सव आइतबारबाट सुरुभएको छ ।
वार्षिक उत्वसको अवसरमा आयोजना गरेको वार्ड स्तरीय पुरुष भलिबल अन्तरगत बोहरागाउँ वडा नम्वर ४ प्रथम, वडा नं. ५ द्धितिय र ८ तृतीय भएका छन् । यस्तै आधारभूत विद्यालय स्तरिय लोक नृत्य प्रतियोगितामा प्रभा माध्यामिक विद्यालय प्रथम, जन माध्यामिक विद्यालय द्धितिय, ज्योति माध्यमिक विद्यालय तृतीय र पशुपति आधारभुत बिद्यालय धाराखर्क सान्त्वना भएका छन्
यस्तै श्रोत केन्द्र माध्यामिक विद्यालय स्तरिय वक्तित्वकलामा जन माध्यामिक बिद्यालय झिम्पाकी बिमला परियार प्रथम, प्रभा माध्यमिक बिद्यालय झिवाखोलाका बिरेन्द्र रेग्मी द्धितिय, ज्ञानेन्द्र माध्यमिक बिद्यालय निसिका देब घर्ति मगर तृतीय भएका थिए ।
यस्तै प्राबि स्तरीय बौद्धिक खेल अन्तरगत जन माध्यामिक बिद्यालय झिम्पाका प्रबिन पौडेल प्रथम, प्रभा माध्यामिक बिद्यालयका बसन्त रेग्मी द्धितिय, बोहरागाउँ प्राथमिक बिद्यालयका निशान शाही तृतीय र जनचेतना प्राथमिक बिद्यालय थापागाउँका थानिस्वर कंडेल सान्त्वना भएका थिए । त्यस्तै प्राबि स्तरीय बेलुन फोड प्रतियोगिता अन्तरगत प्रभा माध्यामिक बिद्यालय झिवाखोलाका संगिता चन्द प्रथम, बोहरागाउँ प्राबिका तुल्सी चन्द द्धितिय र कर्णप्रमुख प्राबि धुवाखोरकी सम्झना सिर्पाली तृतीय भएका छन् । वार्षिकोत्सव समारोहको मुल समारोह सोमबार हुने विद्यालयका प्रधानाध्यापक नवराज आचार्यले जानकारी दिए ।