बागलुङ, २९ माघ
गलकोटमा आज एक कार्यक्रमका बिच किरण देवकोटाको फेरी उनको सम्झनामा उपन्यासको बिमोचन गरिएको छ ।
न्यु लाईफ आवसिय माद्यामिक बिद्यालयमा आयोजना गरिएको कार्यक्रममा बिद्यालयका प्रिन्सिपल रामप्रसाद शर्मा र गलकोट बहुमुखि क्यापसका प्रमुख देबेन्द्र बहादुर खत्रीले फेरी उनको सम्झनामा उपन्यासको बिमोचन गर्नुभएको हो ।
सो अबसरमा बोल्ने वक्ताहरुले उपन्यास सन्देशमुलक भएको टिप्पणी गर्दै उपन्यासले सामाजिक बिकृतिलाई हटाउने प्रयास गरेको बताएका थिए । कार्यक्रममा बोल्दै गलकोट बहुमुखि क्यापसका प्रमुख देबेन्द्र खत्रीले गलकोटमा साहित्य एकिकृत हुदै छ, अब यसलाई बिकास गरेर अघि बढ्न आग्रह गनुभयो ।
उपन्यासका लेखक किरण देवकोटा न्युलाईफ आवसिय माद्यामिक बिद्यालयका शिक्षक, गायक, नृत्यकार समेत हुनुहुन्छ ।
कार्यक्रममा गलकोट बहुमुखि क्यापसका सहायक प्रध्यापक टंकप्रसाद रेग्मी, शिव माद्यामिक बिद्यालय काडेबासका प्रध्यानाध्यापक हरि प्रसाद चालिसे, महेन्द्र माद्यामिक बिद्यालयका प्रध्यानाध्यापक शिवप्रसाद पाण्डे, गलकोट माद्यामिक बिद्यालयका शिक्षक ढुन्डीराज पौड्याल, प्रणयलोचन मुक्त्तक संग्रहकी लेखक सरु अनामीका, दुदिलाभाटी ईङलिस स्कुलका प्रिन्सिपल कुमार गुरुङ लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
कार्यक्रममा बोल्ने बत्ताहरुले उपन्यासले विभिन्न क्षेत्रमा महिलाहरुले भोगेका समस्यालाई उपन्यास माफर्त वाहिर उजागर गर्न सफल भएको बताएका छन । उपन्यासभित्र महिलाको उदाहरणिय कार्यहरुको समेत चर्चा गरीएकाले यो उपन्यास शन्देशमुलक रहेको गलकोट साहित्य मञ्चका अध्यक्ष बिर बहादुर चोखालले बताउनुभयो । आफनो स्वर्गिय श्रीमतिको नाममा आफुले कृत्ति निकाल्ने बाचा गरेको हुदाँ उक्त बाचा पुरा गर्ने उदेश्यका साथ उपन्यास तयार पारेको देवकोटाको भनाई छ ।
आफनो बास्तबिक जिवनमा घटेका घटनाहरुलाई समेत उपन्यासमा समाबेश गरिएको उहाँले बताउनुभयो ।
उपन्यासमा समाजमा महिलाहरुको अवस्था र माया सधै अमर रहन्छ भन्ने कुरालाई उल्लेख गरिएको बताउनुभयो ।
कार्यक्रम न्युलाईफ आवसिय माद्यामिक बिद्यालयका प्रिन्सिपल रामप्रसाद शर्माको अध्यक्षता, गलकोट साहित्य मञ्चका अध्यक्ष बिर बहादुर चोखालको स्वागत मन्तब्य, शिक्षक प्रबिन देवकोटा र साबित्रा थापाको सञ्चालनमा सम्पन्न भएको छ ।









