
बागलुङ, २६ माघ
नेकपा एमाले बागलुङले जिल्लाको पैयुथन्थापमा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा बोल्दै नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष कृष्ण पाठकले मुलुकलाई राजनीतिक अस्थिरता र संवैधानिक संकटबाट पार लगाउन तत्काल स्थानीय तहको निर्वाचन हुनुपर्ने बताउनुभएको थियो ।
सो अवसरमा नेकपा एमाले निकट दलित समुदायहरुको सगठन नेपाल उत्पीडित जातिम मुक्ति समाज गठन गरिएको छ । कमिटीको अध्यक्षमा मनबहादुर परियार, उपाध्यक्षमा डम्मरबहादुर नेपाली, सचिवमा ओमबहादुर परियार, कोषाध्यक्षमा नन्दकली परियार, उपसचिवमा भद्रबहादुर बस्याल रहनुभएको छ ।
कार्यक्रम गाउँ कमिटी अध्यक्ष गिरीप्रसाद शर्माको अध्यक्षता, हरिप्रसाद शर्माको स्वागत र देवेन्द्र हमालको संचालनमा सम्पन्न भएको थियो ।
सो अवसरमा राष्ट्रिय राजनीतिक, नेकपा एमालेको भूमिका, आठौँ जिल्ला अधिवेशनको सन्देश लगायतको विषयमा जानकारी दिइएको नेकपा एमाले प्रचार विभाग प्रमुख धनबहादुर परियारले जानकारी दिनुभयो ।









