तग्रामको गणतन्त्र प्राविमा अभिभावक भेला

बागलुङ, २६ माघ
बागलुङको तग्राम–४ स्थित गणतन्त्र प्राविमा आज अभिभावक भेला सम्पन्न भएको छ ।
भेलाले ओमबहादुर पुनको अध्यक्षतामा ७ सदस्यीय विद्यालय व्यवस्थापन समिति गठन गरेको छ ।
समितिको सदस्यमा प्रशान्त पुन, महेन्द्र थापा, शिक्षक प्रतिनिधिमा खडक थापा, मनु विक र सदस्य सचिवमा प्रधानध्यापक रुपा आले रहनुभएको छ । भेलाले लोकेन्द्र विकको सयोजकत्वमा शिक्षक अभिभावक संघ र कृष्ण पुनको संयोजकत्वमा सल्लाहकार समिति गठन गरिएको पत्रकार टिकासंगम विकले जानकारी दिनुभएको छ ।
कार्यक्रममा अमर मावि विहुँ स्रोतकेन्द्रका स्रोतव्यक्ति पूर्णप्रसाद ढुगाना, ओमबहादुर पुन, पत्रकार टिकासंगम विक, पूर्वप्रधानध्यापक खिमप्रसाद पुन, धारा माविका प्रधानध्यापक मित्रदक्त ढकाल लगायतले बोल्नुभएको थियो ।
कार्यक्रम कृष्ण पुनको अध्यक्षता, भिमबहादुर विकको स्वागत र खडक थापाको संचालनमा सम्पन्न भएको थियो । सो अवसरमा प्रधानध्यापक रुपा आलेले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।