राप्रपा बागलुङको अध्यक्षमा खडका चयन

बागलुङ, २५ माघ
राष्ट्रिय प्रजातन्त्र पार्टी बागलुङको अध्यक्षमा सुरेन्द्र खडका र्निविरोध चयन हुनुभएको छ ।
राप्रपा र राप्रपा नेपालबीच एकता पछि भएको जिल्ला अधिवेशनले खडकाको नेतृत्वमा २३ सदस्यीय जिल्ला समिति गठन गरेको छ ।
समितिको सदस्यमा नवीनचन्द्र सुरर्वुजा, टिकाराम सापकोटा, शैलेन्द्रकुमार श्रेष्ठ, रणबहादुर बोहरा, कृष्णकुमारी सेरचन, नारायणप्रसाद शर्मा, गोमादेवी शर्मा, डम्मरबहादुर नेपाली, रोमान्त बहादुर मल्ल, दिपेन्द्र हमाल, सुभाष लिम्बु, दिपक कँुवर, कृष्ण श्रीस, निमबहादुर भण्डारी, बालाराम गुरुङ रहनुभएको छ ।
यस्तै सदस्यमा प्रेमबहादुर घर्ती, मनप्रसाद घर्ती, धनबहादुर कार्की, दिवेप्रसाद कँडेल, माया खडका र नरबहादुर खत्री चयन भएको निर्वाचन सयोजक चन्द्रबहादुर क्षत्रीले जानकारी दिनुभयो । जिल्ला समितिले ३५ प्रतिशत सदस्य पछि मनोनित गर्ने व्यवस्था रहेको छ ।
जिल्ला समिति बैठकले उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्ष पदाधिकाी टुङ्गो लगाउने छ । अधिवेशनको उदघाटन समारोहमा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य दिलविकास राजभण्डारीले नेपाललाई भष्ट्रचार मुक्त देश निर्माण गर्न राष्ट्रवादी पार्टी राप्रपाले मात्र गर्न सक्ने बताउनुभयो ।
कार्यक्रममा प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य विदुर खडका, देवीप्रसाद कंडेल, तिलक बहादुर रिजाल, राष्ट्रिय प्रजातन्त्र पार्टी बागलुङ जिल्ला सदस्य धन बहादुर कार्की, हजरत अलिखा, नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष म’केश चन्द्र राजभण्डारी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम राष्ट्रिय प्रजातन्त्र पार्टी बागलुङ अध्यक्ष टिकाराम सापकोटाको अध्यक्षता, संगठन विभाग प्रमुख विष्णु सापकोटाको स्वागत र सचिव हेमराज पन्तको संचालनमा सम्पन्न भएको थियो ।