
बागलुङ, २५ माघ
नेकपा एमाले बागलुङले जिल्लाको दमेकमा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा बोल्दै नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष कृष्ण पाठकले सरकारले संसादमा दर्ता गरेको संशोधन प्रस्ताव राष्ट्रघाती भएको बताउँदै तत्काल फिर्ता लिएर स्थानीय तहको निर्वाचनमा केन्द्रीत हुनुपर्ने बताउनुभएको थियो ।
कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य होमनाथ सापकोटा लगायतले बोल्नुभएको थियो । सो अवसरमा राष्ट्रिय राजनीतिक, नेकपा एमालेको भूमिका, आठौँ जिल्ला अधिवेशनको सन्देश लगायतको विषयमा जानकारी दिइएको नेकपा एमाले प्रचार विभाग प्रमुख धनबहादुर परियारले जानकारी दिनुभयो ।









