बागलुङ, २५ माघ
टि ट्वान्टी पोखरा पिस कप क्रिकेट प्रतियोगितामा नयाँ शक्ति विद्यार्थी युनियन धौलागिरी क्रिकेट क्लवले वियजी सुरुवात गरेको छ ।
सोमवार पोखरा रङ्गशालामा तनहुँ क्रिकेट क्लवलाई १ सय २५ रनले पराजित गर्दै नयाँ शक्ति विद्यार्थी युनियन दोस्रो चरणमा प्रवेश गरेको छ ।
टस हारेर पहिले व्याटिङ्ग गरेको नयाँ शक्ति विद्यार्थी युनियन धौलागिरी क्रिकेट क्लबले २० ओभरमा ४ विकेटको क्षतिमा २०३ रन बनाएको थियो । नयाँ शक्तिको लागि दिपक कुँवरले ४ छक्का र ८ चौकाको मद्धतले ५४ बलमा ७६ रन बनाएका थिएभने संजय शाहले ४ छक्का र ४ चौकाको मद्धतले २६ बलमा ४७ रन बनाएको नयाँ शक्ति पार्टी विद्यार्थी युनियन सचिवालय सदस्य प्रकाश केसीले जानकारी दिनुभयो ।
२ सय ४ रनको विजय लक्ष्य लिएर मैदान उत्रिएको तनहुँ क्रिकेट क्लबले १८ ओभर ३ बलमा अल आउट हुँदा ७८ रनमा समेटीएको थियो ।









