
बागलुङ, २४ माघ
धौलागिरी अञ्चललाई लक्षितगरि तयार पारिएको नौमती बाजाको गित धौलागिरी मायालु हिमालको काखैमाको म्युजिक भिडियो बजारमा आएको छ ।
बागलुङका युवा समाजसेवी तथा कलाकार लक्ष्मण श्रीको आफ्नै शब्द, संगीत, स्वर र अभिनयमा तयार पारिएको नौमती बाजाको म्युजिक भिडियो भरखरै मात्र बजारमा आएको हो ।
धौलागिरि अञ्चलका बिभिन्न ठाउँ र पर्यटकिय स्थलको प्रचार प्रचार गर्ने उद्देश्य सहित पुरानो लोक संस्कृति नौमती बाजाको पहिचानलाई सम्मान गर्दै बनाइएको गीतमा धौलागिरि अञ्चलका बिभिन्न ठाँउहरुको दृश्यहरुलाई भिडियोमा देख्न सकिने कलकार लक्ष्मण श्रीले बताउनुभयो ।
हाम्रो कला सास्कृति रितिरिवाज भेषभुसालाई जोगाई राख्नुपर्छ भन्ने हेतुका साथ यो गित बजारमा आएको र यस गितको म्युजिक भिडियो पनि निकै राम्रो बनेको अनुभुती भएको उहाँको भनाई रहेको छ ।
चर्चित निर्देशक शिव बिकको निर्देशन तयार भएको यस गितमा चर्चित मोडल पार्वती राई र लक्ष्मण श्रीको दमदार अभिनय रहेको छ । बरिष्ठ संगीतकार एबम एरेन्जर, बि.बि. अनुरागीको एरेन्जमा तयार भएको यस गीतमा गायिका कृष्ण परीयार र लक्ष्मण श्रीको आवाज रहेको छ ।
आफ्नै प्रस्तुतिको रुपमा बजारमा आएको यस गित पछि अन्य गितहरु पनि अव छिट्टै बजारमा आउने तयारीमा रहेको श्रीले जानकारी दिनुभयो । चर्चित नायीका करिस्मा मनान्न्धरदेखि केकी अधिकारी संग अभिनय गर्नु भएका श्रीको आधुनिक एल्बम रचना केही समय लगत्तै बजार आउने तयारीमा रहेको छ ।









