‘विद्रोही जनतासँग अचम्मको तागँत हुन्छ’

अर्जुन सुवेदी, मलेशिया
हरपल नेपाल । प्रधानमन्त्री प्रचण्डले मलाई बिप्लव देखि पनि डर छ, भनेको केहीदिन पछि गृहमन्त्री विमलेन्द्र निधिले विप्लवलाई नियन्त्रणमा लिनुपर्छ भन्ने कुरा हिजोआज मिडियामा आइरहेका छन । गृहमन्त्री ज्यूलाई सम्मानपुर्वक यो संन्देश दिन चाहन्छु, ‘विप्लव व्यक्ति होइन, क्रान्ति र चेतनाको ज्वाला हो । के तिमी त्यो चेतनाको झोक्कालाई जेलमा राख्न सक्छौ ? कत्रो छ तिम्रो जेल, जहाँ मुक्तिको चेतनालाई थुन्न सकिन्छ ?’
जब एउटै जनयुद्धको मोर्चामा वर्गदुश्मनसँग लडेर आएका वर्तमान प्रधानमन्त्री प्रचण्डनै विप्लवलाई प्राप्त जनसमर्थन र सडकको शक्तिदेखि डराइरहेका छन्भने ति विमलेन्द्र निधि को हुन ? जस्ले जनताको शक्तिसँग जिस्कने काम गदैछन । सायद हिजो नेकपा माओवादीको काठमाडौं र देशका अन्य भागमा निस्केको शक्ति प्रदर्शनबाट गृहमन्त्रीको निद हाराम भयो होला । र त्यसो हुनु स्वाभाविक पनि हो । किनकी उर्लेकोे खोला, चम्केको बिजुली अनी विद्रोही जनतासँग अचम्मको तागँत हुन्छ, जस्को अगाडि सबै झुकेकै छन ।
गृहमन्त्री ज्यूलाई सम्मानपुर्वक यो संन्देश दिन चाहन्छु, ‘विप्लव व्यक्ति होइन, क्रान्ति र चेतनाको ज्वाला हो । के तिमी त्यो चेतनाको झोक्कालाई जेलमा राख्न सक्छौ ? कत्रो छ तिम्रो जेल, जहाँ मुक्तिको चेतनालाई थुन्न सकिन्छ ?’
राष्ट्र र राष्ट्रियतामाथि मोलमोलाई गर्नेहरु अनि राष्ट्र, राष्ट्रियता र नेपाली जनताको मुक्तिका लागि लड्नेहरुलाई तिमिहरुले हर्ने आँखा र लुट गर्ने खोपडीले राम्रो कहाँ सोच्न सक्छ र । जो सँग जे जति छ, त्यति बोल्ने र सोच्ने न हो ।
भ्रम र लुटको राजनीति गर्नेहरुले देस र समाजको हितमा, आम जनतालाई जागरुक बनाउदैँ, कम्युनिष्ट विचारधाराको विकास गराएको कसरी पो सहन सक्थ्यौ र ? नेपालबाट माओवादीको अन्त्य गर्ने त तिमीहरुको लक्ष्य नै हो, जनयुद्धमा जनताको कारवाही आज तिमीहरुले बिर्सिसकेका रहेछौ, र त सोच्नै नसोची धेरै बोल्छौ, अनि भुतपूर्व जनमुक्ति सेनाका सुप्रिम कमाण्डर श्रद्धय प्रचण्डले पनि राज्य सत्ताको रासलिलामा पुगेर आफ्नो वर्गनै बिर्सेछन, यो सुन्दा कस्तो अनौठो लाग्ने, हिजोको सिपाही आजको कमाण्डर, आजको जनआन्दोलन विरोधी सरकार हिजोको नेतृत्व ।
यो देशमा तिमीहरु जस्ता नालायकहरुले, आफ्नो स्वार्थको निम्ति नेपाली जनताहरुलाई अधिकारबाट विमुख गराउदै, भ्रम र लुटको राजनीति गर्नु, देसको ढुकुटी रित्याउनुलाई आफ्नो पुख्यौली पेशा सम्झेका रहेछौ । यो विचार गर कि जनताको चेतना स्तर जनयुद्धको आँधीले धेरै माथील्लो स्तरसम्म विकास गरिदिएको छ, हामी दुनिँया बदल्ने कुरा गरि गरिरहेका छौ । के त्यसले तिमीहरुको सामन्ती संस्कार, पुँजीवादी जीवनशैलीमा धक्का पर्छ कि भनेर विप्लवलाई पक्राउ पुर्जिको तयार गर्दै छौ ? अनि त्यसमा प्रचण्डलाई साक्षी राखेर नेपालबाट माओवादीको बिउँ उखेल्ने आफ्नो योजना कार्यानवयन गर्दै छौ ?
यती कुरा राम्ररी बुझँ, आज तिम्रो सरकारका प्रधानमन्त्री बनेका प्रचण्डको रगतमा पनि अलिकति माओवाद मिसिएको छ । कुरा ढिलो चाडोको मात्र हो, जनताले गर्ने अधिकारको लडाईबाट हिजोका कोहीपनी माओवादी नेताहरु भाग्न पाउने छैनन, उनीहरुलाई जनताले सिंहदरवारदेखि लखेट्दै रोल्पाको थवाङ पु¥याउने छन् । यो निश्चित छ, क्रान्तिको अर्को विकल्प छैन । देश र जनताको मुक्तीको लागि नेपाली जनताले धरै त्याग र बलिदानी गरे, फेरी पनि गर्दैछन । देशमा अर्को आँधिहुरी आउदैछ, ताकी तिमीहरु जस्तो गद्दारहरुको चेतना स्तरलाई त्यो आँधीहुरिले उडाउन सकोस ।
कति सम्म भुक्छौ, भुक तिम्रो भुकाइले कमरेड विप्लवलाई केही गर्दैन, बरु अझ सशक्त बनाउनेछ, क्रान्तिको लागि । हाम्रो विरुद्ध गिरफ्तारी र जेल हाल्ने प्रस्ताव मात्र किन, राष्ट्रिय स्वाधीनता र जनताको अधिकारको निम्ति संघर्ष गर्दा बदलामा फाँसिको प्रस्ताव पेश गरेपनि हामी निरन्तर अगाडि बढिरहने छौ । हामीहरुलाई त्यस्ता प्रस्तावले अझ बलियो र स्पात बनाउँछ । त्यो कुरा तिमीहरु बुझ्न सक्दैनौ ।
जनताको अधिकारको निम्ति संघर्ष गर्दा बदलामा फाँसिको प्रस्ताव पेश गरेपनि हामी निरन्तर अगाडि बढिरहने छौ । हामीहरुलाई त्यस्ता प्रस्तावले अझ बलियो र स्पात बनाउँछ ।
यदि यो देश प्रचण्ड, निधि, शेरे र केपिहरुको मात्रै हो भने, देश अरुसर्बलाई देश निकाला गर । त्यसको लागि तिम्रो पकेटको कानुनका दफाहरु पनि आवश्यक पर्छन भने संशोधन नै गर । यदि सक्दैनौ भने आँफु जनताको सम्मान गर्ने नेता बन, दिमागलाई ठिक तरिकाले बदल ।
खबरदार ! नेपाली जनताको मुक्तिको लागि जनता सामु कसम खाएका एकिकृत जनक्रान्तिका लिडरलाई छोएर मात्र हेर, त्यहीबाट अर्को क्रान्तिको ज्वाँला निस्कन्छ । हजारौं जनताहरु मर्न र मार्ने कुराभन्दा माथि उठेर मुक्तिको लागि होमिन्छन । जनताको सत्ता तिमीले नचाहे पनि प्राप्त हन्छ, नोट गर, यो सत्य हुनेछ । एकिकृत जनक्रान्तिले जनता र जनताको सेनाले कसुर अनुसारको जनवादी कारवाही, जेल र सत्ताको विकास गर्दै साम्यवादको यात्रा नेपालबाटै तयारी गर्छ ।

२४ माघ २०७३ मा प्रकाशित